दिपेन्द्र यादव /सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट इस्लाम धर्मावलम्बी ४२ जना हजयात्रीहरू यस वर्षको हज यात्राका लागि साउदी अरेबियाको पवित्र स्थल मक्का मदिनातर्फ प्रस्थान गर्न लागेका छन्। हजयात्रीहरूलाई बिदाई गर्न गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद आफैं घर–घर पुगेका थिए।
अध्यक्ष आजादले हजयात्रीहरूलाई इस्लाम धर्मको परम्पराअनुसार खादा लगाएर सम्मान गर्दै शुभकामना व्यक्त गरेका हुन्।
अध्यक्ष आजादले हजयात्रीहरूसँग भावनात्मक भेटघाट गर्दै भने, “हज केवल एउटा यात्रा होइन, यो आत्मशुद्धि, इमान बलियो बनाउने र सामाजिक समानताको प्रतीक हो। हजमा जाने मौका प्राप्त गर्नु इस्लाम धर्मावलम्बीका लागि ठूलो सौभाग्य हो।
यस अवसरमा म हजयात्रीहरूको सफल, सुरक्षित र फलदायी हज यात्राका लागि दिलदेखि दुआ गर्छु।”
उनले हजको धार्मिक महत्वबारे समेत उल्लेख गर्दै थपे, “हज इस्लाम धर्मको पाँच पवित्र स्तम्भमध्ये एक हो। प्रत्येक शारीरिक, मानसिक, र आर्थिक रूपमा सक्षम मुस्लिमले जीवनमा एकपटक हज गर्नुपर्छ भन्ने कर्तव्य रहेको छ।
अध्यक्ष आजादले मुस्लिम धर्ममा हजको महत्वसम्बन्धी कुरालाई थप स्पष्ट पार्दै भने, “हजमा सम्पूर्ण मुस्लिम समुदाय एकै लुगा (इहराम) मा, जात, वर्ग, भाषा, क्षेत्रीयताभन्दा माथि उठेर एकै ठाउँमा जम्मा हुन्छन्। यो नै हजको आत्मा हो— समानता, एकता र समर्पण।”
गाउँपालिकाबाट ४२ जना हजयात्री यस वर्ष मक्कामदिनातर्फ प्रस्थान गर्न लागेका छन्, जसमा महिला र पुरुष दुबै समावेश छन्। गाउँपालिकाको तर्फबाट हजयात्रीहरूको अभिभावकझैं भूमिकामा देखिएका अध्यक्ष आजादले आफ्नो सामाजिक तथा धार्मिक जिम्मेवारी निर्वाह गर्दै प्रत्येक घर पुगेर खादा लगाएका थिए।
हजयात्रीहरूका घरमा पुगेका अध्यक्ष आजादको आगमनप्रति स्थानीयहरू भावुक बनेका थिए।
हजयात्री मोहम्मद अयूब मियाँले भने, “गाउँपालिकाको अध्यक्ष आफैं घर आएर शुभकामना दिनु र खादा लगाउनु हाम्रो लागि गर्वको कुरा हो। यो केवल सम्मान होइन, यसले हामीप्रति समाजको विश्वास र भरोसा देखाउँछ। हामी हजमा जाँदा सबैको लागि दुआ गर्नेछौं।”
यात्राका क्रममा हजयात्रीहरूले मक्का स्थित काबा शरीफको परिक्रमा (तवाफ), साफी र मरवा बीचको दौड (सई), अराफातको मैदानी प्रार्थना, तथा मिनामा पशु बलि दिने धार्मिक विधि सम्पन्न गर्नेछन्।
यता स्थानीय स्तरबाट सम्मान पाएका हजयात्रीहरू अत्यन्तै उत्साहित र प्रेरित देखिएका छन्। गाउँपालिकाले हजयात्रीहरूको कागजात प्रक्रिया, परामर्श, र स्थानीय सहयोगसमेत सहज बनाएको बताइएको छ।
धार्मिक, सामाजिक र मानवता आधारित दृष्टिकोण राख्ने अध्यक्ष आजादको यो कार्यप्रति स्थानीय मुस्लिम समुदाय मात्र होइन, सम्पूर्ण गाउँपालिका वासीकै सकारात्मक धारणा बनिरहेको छ। एकताको सन्देश फैलाउने हज यात्रालाई अध्यक्ष आजादले धार्मिक मात्र नभई सामाजिक सद्भावको प्रतीकको रूपमा लिएको स्पष्ट देखिएको छ।
अन्त्यमा अध्यक्ष आजादले हजयात्रीहरूलाई सम्बोधन गर्दै भने, “म तपाईँहरू सबैलाई सफल हजको लागि पुनः शुभकामना व्यक्त गर्दछु। अल्लाहले तपाईंहरूको हज स्वीकार गरून् र हाम्रो गाउँ, समाज र राष्ट्रमा सद्भाव, मेलमिलाप र अमनको वातावरण बनाइरहोस्। हामी सबैले हजबाट फर्किएपछि समाजमा सेवा गर्ने भावना लिएर आउनुपर्छ।”
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post