इटहरी । इटहरी वडा नं. १ मा सञ्चालित श्री राष्ट्रिय माध्यमिक विद्यालयले विहीबार रक्तदान कार्यक्रम गरेको छ ।
नेपाल स्काउटको ७४ औं स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरे । स्काउटर कार्यक्रम संयोजक शिक्षक वन्दना दाहालका अनुसार रक्तदानमा अभिभावक, शिक्षक, विद्यार्थी, स्काउटका सदस्यसँगै स्थानीय गाउँलेले रक्तदान गरेका हुन् ।
रक्तदान कार्यक्रम राष्ट्रिय माध्यमिक विद्यालयको स्काउट ट्रुपको आयोजनामा भएको थियो ।
सो क्रममा स्काउटका कोशी प्रदेश आयुक्त हेमन्त भण्डारी, इटहरी उपमहानगरपालिका आयुक्त डाक्टर वेणुप्रसाद सिटौला, इटहरी उपमहानगरपालिका वडा नं. १ का वडाध्यक्ष कैलाश कार्कीलगायतको सहभागिता रहेको थियो । विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेतको सभापतित्वमा कार्यक्रम भएको थियो । कार्यक्रम उद्घाटनका क्रममा सामाजिक संस्थाका अगुवा, समाजसेवीलगायतको उल्लेखीय सहभागिता रहेको थियो । रक्तदानका लागि नेपाल रेडक्रस सोसाइटी हाँसपोसा उपशाखाको प्राविधिक सहयोग रहेको थियो ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post