सुनसरी ।लामो समयदेखि टोल-टोलका खेत सुक्खा, बिउ उष्ण तातो बालुवामा झुस्सिएको, रोपाइँको सिजन कट्नै लागेको अवस्था—तर, शनिबारदेखि परेको झरीले किसानको मुहारमा आशाको रेखा कोरेको छ।
इनरुवा, भोक्राहा नरसिंह, हरिनगर, देवानगञ्ज, बराहक्षेत्र, बर्जु, गढी, दुहबी, रामधुनी जस्ता गाउँ–बस्तीका खेतमा रोपाइँको तयारी भइसकेको थियो—तर पानी थिएन। आकाश हेरेर मुठीमा बिउ समाएर बसेका किसानको मनमा निराशाको कालो बादल मडारिएको थियो।
भोक्राहा नरसिंह गाउँपालिकाका किसान सुरेन्द्र उराँव भन्छन्, “पानी नपरेको यति धेरै भयो कि रोप्न राखेको बिउ नै सुक्ने अवस्था आयो, खेत हेर्दा हरेस खान्थ्यौं। अब भने आश पलायो।”
स्थानीय किसान बबलु खड्गाले त खेतमा हिलो देखेपछि आँखा रसाएका छन्, “जुन बिउ र रोपो जोगाउने प्रयासमै थिएँ, अहिले पानी परेपछि फेरि जीवन फर्किएजस्तो लागिरहेको छ। खेतमा जोत्ने हलो गाड्दा अहिले चिट्ठा लागेझैं भन्छन् किसान।”
यद्यपि, यो वर्षाको भरमा मात्रै काम चल्ने होइन भन्ने कुरा उनीहरूलाई थाहा छ। भूमिगत सिँचाइ र पम्पसेट चलाएर खेती गर्नेहरूको अनुभव पनि सुखद् छैन। पानी अभावले मलसमेत काम लाग्न सकेको थिएन, बाली पीत भइसकेको थियो।
इनरुवा स्थित कृषि ज्ञान केन्द्रका प्रमुख निलकमल सिंह भन्छन्, “पानी परेपछि बाँकी रहेका खेतहरूमा रोपाइँ सुरु भएको छ। खोलानाला र साना सिँचाइ स्रोतमा पनि जलसतह बढेको छ, जसले खेतमा पानी पुर्याउन सजिलो भएको छ।”
सुनसरी खोला, बूढी खोला, मरिया खोला, गडन, सप्तकोशी र कोसी कटान क्षेत्रमा अहिले पानीको सतह चढ्दै गएको स्थानीयवासी बताउँछन्। यो दृश्यले किसानलाई राहत मात्र होइन, भोलिका दिनप्रति आशावादी बनाएको छ।
“हिजोसम्म खेत हेरेर चुपचाप बसीने, आज भने खेतमै गुनगुन गीत गुन्जिन्छ, हो…पानीसँगै फेरि जिउँदैछ नेपाली किसान !”
लामो समयदेखि टोल-टोलका खेत सुक्खा, बिउ उष्ण तातो बालुवामा झुस्सिएको, रोपाइँको सिजन कट्नै लागेको अवस्था—तर, शनिबारदेखि परेको झरीले किसानको मुहारमा आशाको रेखा कोरेको छ।

Discussion about this post