दुहबी — सुनसरीको दुहबी नगरपालिका–४ मा दुई पुरुषको हत्या भएको अवस्थामा शव फेला परेको छ। निर्माणाधीन घरभित्र शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए।
सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय दुहबीबाट टोली परिचालन गरी घटनास्थलमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले जानकारी दिए।
उनका अनुसार ती पुरुषलाई हत्या गरी त्यहाँ फ्यालेको हुनसक्ने अनुमान गरिएको छ। दुवैको पहिचान खुलेको छैन। शवको अवस्था र घटनाका कारणबारे थप विवरण पत्ता लगाउन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट चिकित्सकको टोली बोलाइएको प्रहरीले जनाएको छ।










Discussion about this post