• pradeshpoint
  • Pradeshpoint
Friday, January 23, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

भोजपुरमा घरेलु उद्योग दर्ता पाँच वर्षयता लगातार घट्दै

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ साउन ३० गते, ११:३१ बजे प्रकाशित
in FEATURE, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
भोजपुरमा घरेलु उद्योग दर्ता पाँच वर्षयता लगातार घट्दै
12
SHARES
Share on FacebookShare on Twitter

भोजपुर । भोजपुरमा घरेलु उद्योग दर्ताको सङ्ख्या घट्दै गएको छ । घरेलु उद्योग कार्यालयका अनुसार बर्सेनि क्रमिक रूपमा घरेलु तथा साना उद्योग दर्ता घटेको हो ।

आर्थिक वर्ष २०७७/७८ मा पाँच  सय ९१ वटा उद्योग दर्ता भएकामा गत आवको असार मसान्तसम्म एक सय १० वटा मात्र दर्ता भएको कार्यालयले जनाएको छ ।

उद्योग दर्ता बर्सेनि घट्दो र खारेजीको सङ्ख्या बढ्दो क्रममा रहेको कार्यालयको भनाइ छ । कार्यालयको तथ्याङ्कअनुसार आव २०७७/७८ मा पाँच सय ९१, आव २०७८/७९ मा चार सय चार, आव २०७९/८० मा दुई सय ६४, आव २०८०/८१ मा एक सय ३३ र आव २०८१/८२ मा एक सय १० वटा उद्योग दर्ता भएका छन् ।

पछिल्ला वर्षहरूमा उद्योग खारेजीको सङ्ख्या पनि बढेको छ । गत आवमा मात्र ८९ वटा उद्योग र २३ वटा वाणिज्य फर्म गरी एक सय १२ वटा खारेजी भएको घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख रमेश ढकालले जानकारी दिए । “भोजपुरमा घरेलु उद्योग र वाणिज्य फर्मको दर्ता बर्सेनि घट्दो क्रममा छ, गत आवमा एक सय १० वटा मात्र उद्योग दर्ता भएका छन् भने एक सय १२ वटा उद्योग तथा फर्म खारेजी भएका छन्”, निमित्त प्रमुख ढकालले भने ।

भोजपुरमा उद्योगतर्फ तीन हजार ६६३ र वाणिज्यतर्फ एक हजार ८३ गरी जम्मा चार हजार ७४६ उद्योग तथा फर्म दर्ता रहेको उनको भनाइ छ । तीमध्ये करिब ५० प्रतिशत हाराहारीमा निष्क्रिय अवस्थामा रहेको कार्यालयले जनाएको छ ।

कार्यालयले उद्योगको प्रवर्द्धन तथा विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको भए पनि दर्ताको सङ्ख्या भने बर्सेनि घट्दो क्रममा रहेको जानकारी दिइएको छ । गत आवमा कार्यालयले उद्यमीको प्रोत्साहनका लागि मागका आधारमा ९१ वटा उपयुक्त प्रविधि हस्तान्तरण गरेको जनाएको छ ।

कार्यालयले लघु, घरेलु तथा साना उद्योगको माध्यमबाट स्थानीय कच्चा पदार्थ, स्रोत र श्रमको उपयोग जोड दिएको जनाएको छ । स्थानीय स्तरमा उद्योग स्थापना गर्न, स्वरोजगार बन्न तथा रोजगारीका अवसर सृजना गर्न प्रयासरत रहेको कार्यालयको भनाइ छ ।

Tags: उद्योगघट्दैघरेलुदर्तापाँच वर्षयताभोजपुरमालगातार

Related Posts

प्रतिनिधिसभा निर्वाचन: आज उम्मेदवारी फिर्ता लिने समय
FEATURE

प्रतिनिधिसभा निर्वाचन: आज उम्मेदवारी फिर्ता लिने समय

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ माघ ९ गते, १२:१६ बजे प्रकाशित
0

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुग्दै गर्दा उम्मेदवारहरूलाई आज उम्मेदवारी फिर्ता लिने अवसर दिइएको छ। निर्वाचन आयोगका अनुसार...

दमक चोक तत्दै: बालेन शाहको झापा प्रवेश, ओलीसँग प्रतिष्पर्धा
FEATURE

दमक चोक तत्दै: बालेन शाहको झापा प्रवेश, ओलीसँग प्रतिष्पर्धा

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ माघ ६ गते, १५:११ बजे प्रकाशित
0

इनरुवा ।  प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा–५ क्षेत्रबाट उम्मेदवारी दर्ता गराउने तयारीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र...

मोटरसाइकल दुर्घटनामा दुहबी जेसीजका दुई पूर्व अध्यक्षको निधन

मोटरसाइकल दुर्घटनामा दुहबी जेसीजका दुई पूर्व अध्यक्षको निधन

२०८२ माघ ६ गते, १४:२६ बजे प्रकाशित
भोक्राहा नरसिंह–५ मा सामाजिक सुरक्षा भत्ता लाभग्राहीको बायोमेट्रिक भेरिफिकेशन अनिवार्य

भोक्राहा नरसिंह–५ मा सामाजिक सुरक्षा भत्ता लाभग्राहीको बायोमेट्रिक भेरिफिकेशन अनिवार्य

२०८२ माघ ६ गते, १४:०० बजे प्रकाशित
भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण

भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण

२०८२ पुस ३० गते, १९:५२ बजे प्रकाशित
सानैदेखि जग बलियो बनाउन नयाँ रणनीतिमा किन्डरपिलर

सानैदेखि जग बलियो बनाउन नयाँ रणनीतिमा किन्डरपिलर

२०८२ पुस ३० गते, १९:३८ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

प्रतिनिधिसभा निर्वाचन: आज उम्मेदवारी फिर्ता लिने समय

प्रतिनिधिसभा निर्वाचन: आज उम्मेदवारी फिर्ता लिने समय

२०८२ माघ ९ गते, १२:१६ बजे प्रकाशित
दमक चोक तत्दै: बालेन शाहको झापा प्रवेश, ओलीसँग प्रतिष्पर्धा

दमक चोक तत्दै: बालेन शाहको झापा प्रवेश, ओलीसँग प्रतिष्पर्धा

२०८२ माघ ६ गते, १५:११ बजे प्रकाशित
मोटरसाइकल दुर्घटनामा दुहबी जेसीजका दुई पूर्व अध्यक्षको निधन

मोटरसाइकल दुर्घटनामा दुहबी जेसीजका दुई पूर्व अध्यक्षको निधन

२०८२ माघ ६ गते, १४:२६ बजे प्रकाशित
भोक्राहा नरसिंह–५ मा सामाजिक सुरक्षा भत्ता लाभग्राहीको बायोमेट्रिक भेरिफिकेशन अनिवार्य

भोक्राहा नरसिंह–५ मा सामाजिक सुरक्षा भत्ता लाभग्राहीको बायोमेट्रिक भेरिफिकेशन अनिवार्य

२०८२ माघ ६ गते, १४:०० बजे प्रकाशित
भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण

भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण

२०८२ पुस ३० गते, १९:५२ बजे प्रकाशित
सानैदेखि जग बलियो बनाउन नयाँ रणनीतिमा किन्डरपिलर

सानैदेखि जग बलियो बनाउन नयाँ रणनीतिमा किन्डरपिलर

२०८२ पुस ३० गते, १९:३८ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1393 shares
    Share 557 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    788 shares
    Share 315 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    765 shares
    Share 306 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    722 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist