काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार दिउँसो नयाँबानेश्वर क्षेत्रमा कर्फ्यू जारी गरेको छ।
कर्फ्यू आज राति साढे १० बजेसम्म लागू हुने छ। यसको सीमा पश्चिममा बिजुलीबजार, पूर्वमा तीनकुने चोक, उत्तरमा रत्नराज्य माध्यामिक विद्यालय र दक्षिणमा शंकमुलसम्म रहने प्रशासनले जनाएको छ।
शान्ति–सुरक्षाको कारण देखाउँदै प्रशासनले कर्फ्यू आदेश लागू गरेको हो। 










Discussion about this post