काठमाडौं। सामाजिक सञ्जाल प्रतिबन्ध र बढ्दो भ्रष्टाचारविरुद्ध चलिरहेको ‘जेन–जी’ आन्दोलन अझै उग्र बनेको छ। सोमबार साँझ प्रदर्शनकारीले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निजी निवासमा आगजनी गरेका छन्।
सुरक्षाकर्मीले भिडलाई नियन्त्रणमा लिन प्रयास गरे पनि प्रदर्शनकारी आवेशमा उत्रिँदा घटनास्थलमा तनाव फैलिएको स्थानीयले बताएका छन्। आगलागीपछि सुरक्षाकर्मी र दमकल परिचालन गरी आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ। प्रारम्भिक रूपमा घरको बाहिरी भागमा क्षति पुगेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
यसअघि काठमाडौंकै विभिन्न क्षेत्रमा राजनीतिक नेताहरूका घर तथा सरकारी कार्यालयहरूमा ढुंगामुढा र तोडफोड गर्ने गतिविधि भएका थिए। प्रधानमन्त्रीको निवासलगायत अन्य नेताहरूको घरसमेत प्रदर्शनकारीको निशानामा परेका छन्।
आन्दोलन उग्र बनेसँगै राजधानीका विभिन्न भागमा प्रहरीले थप बल प्रयोग गरेको छ भने स्थानीय प्रशासनले संवेदनशील क्षेत्रलाई उच्च सतर्कतामा राखेको छ।










Discussion about this post