इनरुवा । जेन–जी आन्दोलनले संघमै सरकार ढाल्यो भने प्रदेशमा पनि ठूलो असर पार्यो। आन्दोलनका क्रममा कोशी प्रदेशमा १० जनाले ज्यान गुमाए, जसमा पाँचको मृत्यु प्रदर्शनकै क्रममा भयो भने बाँकी पाँचको जलेको कंकाल भाटभटेनीका शाखामा फेला पर्यो।
प्रदेश सरकारको प्रारम्भिक विवरणअनुसार ४२ वटा भवनमा क्षति पुगेको छ। १८ भवन पूर्णरूपमा जलेका छन् भने २४ आंशिक क्षतिग्रस्त छन्। ६४ वटा चारपाङ्ग्रे गाडी, १४४ वटा मोटरसाइकलसहित दर्जनौँ सवारीसाधन जलेर नष्ट भए। अनुमानित क्षति एक अर्ब ५० करोड रुपैयाँ बराबर छ।
प्रदेश सरकारको पहिलो बैठकले मृतक परिवारलाई एक–एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ। साथै, भौतिक पूर्वाधार मन्त्रालयलाई कार्तिक ९ गतेभित्र क्षतिको विस्तृत विवरण ल्याउन जिम्मा दिइएको छ। मुख्यमन्त्री हिक्मत कार्कीले आन्दोलनबाट बचेको भवनमै कार्यकक्ष तयार गरी काम सुरु गरेका छन्।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post