मान बहादुर ठकुल्ला
टीकापुर/ कैलालीको टीकापुर नगरपालिका वडा न ७ स्थित अस्थाई ट्राफिक प्रहरी पाेष्ट सत्तिले सचेतनामुलक कार्यक्रमका साथै चेकजाँचमा कडाइ गरेको छ ।
अस्थाई ट्राफिक प्रहरी पाेष्ट सत्तीमा किशोर बहादुर सिंह इन्चार्ज भइ आए लगत्तै सचेतना मुलक कार्यक्रम गर्नुका साथै ट्राफिक चेकजाँचमा कडाइ गरेको हाे ।
अटाे तथा रिक्साहरुले क्षमता भन्दा बढी सवारी हाल्ने, रिक्साकाे छतमा सामग्री राख्ने तथा विना कागजात सवारीसाधन चलाउने जस्ता कृयाकलाप धेरै हुने गरेकोले आफू सत्तीमा आए लगत्तै तेतातिर ध्यान दिएर चेकजाँचमा कडाइ गरेकाे अस्थाई ट्राफिक प्रहरी पाेष्ट सत्तिका इन्चार्ज सिंहले जानकारी दिए ।
रिक्सा , माेटरसाइकल, ट्याक्टर लगायतका सवारीसाधनमा ओभर लाेड तथा लाइसेन्स नभई चलाएको पाए सुरुमा सम्झाइ बुझाइ पठाउने त्यति गर्दा पनि नटेरेमा जरिवाना काट्ने गरेको बताए । यसका साथसाथै अस्थाई ट्राफिक प्रहरी पाेष्ट सत्तिले वर्तमान समयमा सडक दुर्घटनाका घटना बढ्न सक्ने भन्दै ट्राफिक सम्बन्धि सचेतना समुदाय सम्म पुगाउन बिद्यालय का विद्यार्थीहरुलाइ पनि ट्राफिक चिञ्ह, ट्राफिक संकेत , बाटो पार गर्ने तरिका , ट्राफिक उल्लंघन गरे पनि हुने जरिवाना र कानुनी सजायको बारेमा अन्तरक्रियामा छलफल चलाइरहेकाे छ । अस्थाई ट्राफिक प्रहरी पाेष्ट सत्तिमा इन्चार्ज भइ आए लगत्तै लाइन मिलाउन मात्र ट्राफिक चेकजाँचमा कडाइ नगरी निस्पक्ष रुपमा निरन्तरता दिन्छन् या दिदैन्न त्यो चाहिँ हेर्न बाँकी नै छ । हाल सत्ती ट्राफिक प्रहरीले एकान्त र सुनसान ठाउँमा चेकजाँच नगरी जहाँ दुर्घटना हुन स्थानकाे पहिचान गरि त्यस्ता ठाउमा चेकजाँच गर्ने गरेका छन ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...











Discussion about this post