सुनसरी । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज सूर्यग्रहण लाग्नेछ। तर नेपालबाट भने यो ग्रहण देखिने छैन। समितिले नेपालमा ग्रहण नदेखिने भएकाले शास्त्रीय मान्यताअनुसार कुनै सुतक काल नलाग्ने स्पष्ट पारेको छ।
समितिका अनुसार सूर्यग्रहण न्यूजिल्याण्ड, अष्ट्रेलिया, फिजी, टोङ्गा र अन्टार्कटिकाका केही भागबाट मात्र देख्न सकिनेछ। नेपाल लगायत दक्षिण एशियाका अन्य मुलुकमा यसको दृश्यता नहुने बताइएको छ।
वैज्ञानिकहरूको भनाइमा चन्द्रग्रहण पृथ्वीका सबै मानिसले एकैपटक देख्न सक्छन्, तर सूर्यग्रहण भने पृथ्वीका केही भागमा मात्र देख्न सकिन्छ। उनीहरूले चन्द्रग्रहण पूर्णतया हानिरहित हुने भएकाले खुला आँखाले हेर्न मिल्ने तर सूर्यग्रहण हेर्दा भने अत्यन्त सावधानी अपनाउनुपर्ने औंल्याएका छन्।
नेपालमा प्रत्यक्ष प्रभाव नपर्ने भए पनि आज लाग्ने सूर्यग्रहणलाई खगोल विज्ञान तथा धार्मिक दृष्टिले भने विशेष महत्वका साथ लिइने समितिले जनाएको छ।
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान
इनरुवा । सुनसरी जिल्लामा यस वर्ष गहुँ उत्पादनमा कमी आउने संकेत देखिएको छ। खेती सुरु हुने समयमा पर्याप्त वर्षा नहुनु र...










Discussion about this post