सुनसरी । विराटनगर–४ दुधफार्म अगाडि शनिबार साँझ भएको सडक दुर्घटनामा एकजनाको ज्यान गएको छ।
सर्लाही स्थायी घर भई हाल विराटनगर बस्दै आएका ३२ वर्षीय प्रदीपबहादुर भण्डारीको उक्त दुर्घटनामा निधन
भएको मोरङ प्रहरीले पुष्टि गरेको छ।
प्रहरीका अनुसार बरगाछीबाट इटहरीतर्फ गइरहेको प्रदेश १–०१–०१५ प २१९७ नम्बरको स्कुटरले बाटो काट्दै गरेको नम्बर नखुलेको सिटी सफारीलाई पछाडिबाट ठक्कर दिएको थियो। ठक्करपछि स्कुटर अनियन्त्रित भई सडक डिभाइडरमा ठोक्किँदा चालक भण्डारी गम्भीर घाइते भएका थिए।
घाइते अवस्थामै नोबेल अस्पतालतर्फ लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक भण्डारी सुन्दरहरैंचा–४ स्थित इटहरी इन्टरनेसनल कलेजमा कार्यरत थिए।
दुर्घटनामा संलग्न सिटी सफारी फरार रहेको र यसको खोजीकार्य जारी रहेको मोरङ प्रहरीले जनाएको छ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post