सुनसरी । इलाका प्रहरी कार्यालय पकलीमा प्रहरी टोलीलाई स्थानीयवासीले स्वागत गरेपछि सुरक्षाकर्मीहरूको मनोबल उच्च बनेको छ।
हालै नयाँ टोलीलाई स्वागत–सम्मानका साथ जिम्मेवारीमा पठाइएपछि प्रहरीहरूमा कामप्रति थप उत्साह देखिएको छ। कार्यक्रममा स्थानीय समाजसेवी, जनप्रतिनिधि र विभिन्न संघसंस्थाका प्रतिनिधिहरू उपस्थित थिए। उनीहरूले प्रहरीलाई आपतकालीन अवस्थामा सहयोग गर्ने र अपराध नियन्त्रणमा सहकार्य गर्ने प्रतिवद्धता जनाए।
प्रहरीलाई स्वागत कार्यक्रमले नजिकबाट सम्बन्ध बढाउन र पारस्परिक विश्वास कायम गर्न सहयोग पुर्याएको छ। स्थानीयवासीले प्रहरीमाथि भरोसा व्यक्त गर्दै सुरक्षाको प्रत्याभूति पाएको महसुस गरेका छन्। प्रहरी पक्षले पनि अपराध नियन्त्रण, शान्ति–सुरक्षा कायम र जनसेवामा अझ प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
यसरी भएको सहभागिताले प्रहरी र स्थानीयबीचको आपसी सम्बन्ध थप सुदृढ भएको जनाइएको छ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post