इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका कार्यालय, चिरौलीमा कार्यरत प्रशासन शाखाकी कर्मचारी लक्ष्मी खतिवडालाई भव्यतापूर्वक विदाई गरिएको छ। गाउँपालिका कार्यालय परिसरमै आयोजित ‘फेरि भेटौँला’ कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीले उहाँलाई सम्मानपूर्वक बिदाई गरेका हुन्।
केही दिनअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कोशी प्रदेश, विराटनगरले खतिवडाको सरुवा ताप्लेजुङको मौवाखोला गाउँपालिकामा गरेको थियो। उक्त निर्णयपछि सहकर्मी तथा जनप्रतिनिधिहरूले उनको योगदानलाई सम्झना गर्दै बिदाई कार्यक्रम आयोजना गरेका हुन्।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले खतिवडाको कामप्रतिको लगनशीलता, सरल स्वभाव र सेवाभावपूर्ण चरित्रको प्रशंसा गरेका थिए। गाउँपालिकामा कार्यरत रहँदा उनले प्रशासनिक काम सहज बनाउन र नागरिकमैत्री सेवा प्रवाहमा योगदान पुर्याएको भन्दै वक्ताहरूले आभार व्यक्त गरे।
विदाई कार्यक्रममा काेशी प्रदेश सभा सदस्य इस्राइल मंसुरी, गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजाद , उपाध्यक्ष सुनिता कुमारी उराँव , वडाध्यक्षहरू धिरेन्द्र यादव, हारूण अंसारी, हबिव मंसुरी, सेराजुद्विन अंसारी, वाैवालाल यादव, हाजी उसमान अंसारी लगायतका जनप्रतिनिधिहरूकाे उपस्थिति रहेको थियो भने विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरूको उल्लेख्य उपस्थिति थियो। सहभागीहरूले स्मृतिचिन्ह प्रदान गर्दै भावी कार्यक्षेत्रमा अझै जिम्मेवारीपूर्वक काम गर्ने विश्वास व्यक्त गरे।
विदाई ग्रहण गर्दै कर्मचारी खतिवडाले आफूले पाएको प्रेम, सम्मान र सहयोगप्रति धन्यवाद ज्ञापन गरिन्। उनले गाउँपालिकामा कार्यरत रहँदा सबै सहकर्मी र जनप्रतिनिधिबाट निरन्तर सहयोग पाएको अनुभव सुनाउँदै, “यो पालिकाले दिएको साथ र मायाले जीवनभर उत्साह बढाउनेछ,” भनिन्।
कार्यक्रम भव्यरूपमा सम्पन्न भए पनि उपस्थित धेरैजनाले खतिवडाको अभाव तत्कालै महसुस हुने बताएका थिए। अब मौवाखोला गाउँपालिकामा कार्यक्षेत्र विस्तार भएपछि पनि उनले त्यहाँका नागरिकलाई जिम्मेवारीपूर्वक सेवा पुर्याउने अपेक्षा गरिएको छ।
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान
इनरुवा । सुनसरी जिल्लामा यस वर्ष गहुँ उत्पादनमा कमी आउने संकेत देखिएको छ। खेती सुरु हुने समयमा पर्याप्त वर्षा नहुनु र...










Discussion about this post