• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

सुनसरीमा नयाँ एसपी र घुमुवा प्रहरी विवाद

सञ्चारकर्मीको प्रश्न र एसपीको जवाफ

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ अशोज १० गते, १५:११ बजे प्रकाशित
in अपराध खबर
सुनसरीमा नयाँ एसपी र घुमुवा प्रहरी विवाद

Oplus_131072

13
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीका नयाँ प्रहरी प्रमुख (एसपी) केशव कुमार थेबे जिल्लामा औपचारिक परिचय कार्यक्रममा संचारकर्मीहरूसँग भेट्दा सबैभन्दा बढी उठेको प्रश्न घुमुवा प्रहरी सम्बन्धमा थियो। सञ्चारकर्मीले आरोप लगाएका छन् ।

“तपाईँकै घुमुवा प्रहरी तस्करीका सामान स्कटिङ गर्छन्, मासिक/हप्तावारी पैसा असुल्छन्। कारबाही गर्न सक्नुहुन्छ ?”

जवाफमा एसपी थेबेले भने,

“मैले मातहतका इन्चार्जहरुलाई चोरी–तस्करीदेखि लागुऔषधसम्म निर्मम भएर रोक्न निर्देशन दिएको छु। यदि मेरो प्रहरी संलग्न देखियो भने प्रमाणसहित जानकारी दिनुहोस्, हदैसम्मको कारबाही गर्छु।”

तर सञ्चारकर्मीले फेरि सोध्दा उनको जवाफ अझै सामान्य सुनियो— “हिजो के भयो सरोकार छैन, आजबाट प्रहरीको गतिविधि हेर्नुहोस्।”

घुमुवा प्रहरीबारे आलोचना

सञ्चारकर्मीले लगातार उठाएका प्रश्नपछि एसपीले घुमुवा प्रहरीको बचाउ गरेको जस्तो देखियो।

  • हाल घुमुवा टोली प्रहरी हबलदार सालिकराम राजवंशीक नेतृत्वमा ६ जनाको समूह रहेको छ।
  • यी प्रहरीमाथि तस्करहरूसँग साठगाठ गरेर पैसा असुल्ने गम्भीर आरोप लागेको छ।
  • स्थानीय व्यापारीको दाबीअनुसार, “घुमुवाको कल डिटेल मात्र हेरे पुग्छ, शतप्रतिशत संलग्नता प्रमाणित हुन्छ।”

इन्चार्जलाई ‘निर्मम’ निर्देशन, घुमुवालाई ‘नर्मल’

नयाँ एसपीले सीमा नाकाका इन्चार्जहरुलाई ‘सेटिङजन्य काम पूर्ण रूपमा रोक्न’ आदेश दिएका छन्। यसले धेरै इन्चार्ज असन्तुष्ट भएको प्रहरी वृत्तान्त छ।
तर अर्कोतर्फ घुमुवा टोलीलाई भने सामान्य निर्देशन मात्र दिएको आरोप छ। यसले प्रहरीभित्रै प्रश्न उठाएको छ— “इन्चार्जलाई कडा, घुमुवालाई नरम किन ?”

सुनसरी एसपीको पद र विवाद

सुनसरी भारतसँग ६२ किलोमिटर सीमा जोडिएको संवेदनशील जिल्ला भएकाले यहाँको एसपी पद सधैं चर्चामा रहन्छ।

  • विगतमा पनि नयाँ एसपी आउँदा सुरुमा नाका टाइट गर्ने, पछि ‘सेटिङ’ मिलाएर तस्करी खुलाउने चलन रहेको स्थानीय अनुभव छ।
  • यसअघि आएका एसपी सुमन तिम्सिनाले सरुवा हुनु अघि आफ्ना नजिकका प्रहरीलाई सीमामा राखेका थिए। अहिलेका एसपी थेबेले उनीहरुप्रति ‘निर्मम’ व्यवहार देखाएको चर्चा छ।

थेबेप्रतिको अपेक्षा र चुनौती

एसपी केशव थेबे अपराध अनुसन्धानमा दक्ष मानिने प्रहरी अधिकृत हुन्। उनी हालका प्रहरी महानिरीक्षक (आइजिपी) चन्द्र कुबेर खापुङसँग निकट भएकाले नै सुनसरीमा पठाइएको चर्चा छ।

तर उनको नेतृत्वमा सीमा तस्करी कसरी नियन्त्रण हुन्छ भन्ने विषयमा अझै प्रश्न उब्जिएको छ।

  • दसैँ–तिहार नजिकिँदै गर्दा तस्करी सक्रिय हुने समय हो।
  • अर्कोतर्फ, हाल जेनजी युवाहरूले पनि तस्करीविरुद्ध प्रत्यक्ष प्रतिवाद थालेका छन्।
  • भदौ २९ मा मात्रै जेनजी युवाले इटहरीमा ६ हजार किलो गाँजा बोकेको ट्रक नियन्त्रणमा लिएर सशस्त्र प्रहरीलाई बुझाएका थिए।

यता नयाँ एसपी थेबेले इन्चार्जलाई कडाई गर्ने आदेश दिए पनि विवादास्पद घुमुवा प्रहरीप्रति नरम व्यवहार देखाएको आरोप लगाइएको छ। तस्करी नियन्त्रण गर्ने वा पुरानै ‘सेटिङ संस्कृतिलाई’ निरन्तरता दिने भन्ने प्रश्न अबको कार्यकालमा मात्र स्पष्ट हुनेछ।

Tags: घुमुवा प्रहरीनयाँ एसपीविवादसुनसरीमा

Related Posts

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ
FEATURE

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
0

सुनसरी । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले नक्कली नम्बर प्लेट प्रयोग गरी सञ्चालनमा रहेका चारवटा निजी...

पोखराका स्पा सेन्टरमा बालिकामाथि शोषण, ८ सञ्चालकविरुद्ध कारबाही
FEATURE

पोखराका स्पा सेन्टरमा बालिकामाथि शोषण, ८ सञ्चालकविरुद्ध कारबाही

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ चैत्र १६ गते, ७:०६ बजे प्रकाशित
0

पोखरा : जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा सञ्चालित केही स्पा सेन्टरमा बालिकालाई काममा लगाएको आरोपमा आठ जना...

बराहक्षेत्रको जंगलमा १३ वर्षीया किशोरीमाथि कुटपिट, तीन जना पक्राउ

बराहक्षेत्रको जंगलमा १३ वर्षीया किशोरीमाथि कुटपिट, तीन जना पक्राउ

२०८२ चैत्र १५ गते, १८:१४ बजे प्रकाशित
पूर्वप्रधानमन्त्री ओली पक्राउ परेको दाबी, प्रहरी स्रोतबाट पुष्टि हुन बाँकी

पूर्वप्रधानमन्त्री ओली पक्राउ परेको दाबी, प्रहरी स्रोतबाट पुष्टि हुन बाँकी

२०८२ चैत्र १४ गते, ८:३९ बजे प्रकाशित
लौकही नाकामा ‘खैरो’ बोकेर नेपाल पस्दै गर्दा युवक पक्राउ

लौकही नाकामा ‘खैरो’ बोकेर नेपाल पस्दै गर्दा युवक पक्राउ

२०८२ चैत्र १३ गते, २०:२१ बजे प्रकाशित
झापामा डीएसपी विजय श्रेष्ठमाथि ‘कमाउ धन्दा’ आरोप :

झापामा डीएसपी विजय श्रेष्ठमाथि ‘कमाउ धन्दा’ आरोप :

२०८२ चैत्र १३ गते, ८:४९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist