सुनसरी । सुनसरीको कोशी गाउँपालिका–७, केराबारीस्थित पूर्व–पश्चिम राजमार्ग नजिकैको क्षेत्रमा प्रहरीले ठूलो मात्रामा लागूऔषध गाँजा बरामद गरेको छ।
विशेष सूचनाका आधारमा खटिएको अस्थायी प्रहरी चौकीको टोलीले दक्षिणपट्टि सडक छेउमा बेवारिसे अवस्थामा छोडिएका १८ बोरा गाँजा फेला पारेको हो।
प्रहरीका अनुसार बरामद गरिएको गाँजाको कुल तौल ६३७ किलो ४५ ग्राम पुगेको छ। बरामद सामग्रीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान अघि बढाइएको बताइएको छ।
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान
इनरुवा । सुनसरी जिल्लामा यस वर्ष गहुँ उत्पादनमा कमी आउने संकेत देखिएको छ। खेती सुरु हुने समयमा पर्याप्त वर्षा नहुनु र...










Discussion about this post