इनरुवा । सुनसरीकाे भोक्राहा नरसिंह गाउँपालिकाले विपद् पूर्व तयारीका लागि गाउँबासीलाई सहयोग स्वरूप आर्थिक सहायता वितरण गर्ने भएको छ।
गाउँपालिकाको विपद् व्यवस्थापन शाखाका प्रमुख हिरा शाहका अनुसार, गाउँपालिकाका २३९१ घरधुरीमध्ये १७८३ परिवारलाई प्रतिघरधुरी एक–एक जनालाई ५ हजार रुपैयाँका दरले रकम उपलब्ध गराइनेछ। सो रकम लाभग्राहीको नाममा बैंकमार्फतै खातामा पठाइने व्यवस्था गरिएको उनले जानकारी दिए।
यसैबीच, गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले विपद् उत्पन्न भएको अवस्थामा अत्यावश्यक कामबाहेक सबै गाउँबासीलाई सुरक्षित ठाउँमा बस्न आग्रह गरेका छन्। उनले संभावित जोखिम न्यूनीकरणका लागि सतर्कता अपनाउन आवश्यकतामा जोड दिएका छन्।
गाउँपालिकाको विपद् व्यवस्थापन समितिको बैठक बसेर विभिन्न महत्वपूर्ण निर्णयसमेत पारित गरिएको छ। बैठकमा सम्भावित जोखिम क्षेत्र पहिचान, राहत तथा उद्धार टोली सक्रिय राख्ने, सूचना प्रवाहलाई छिटोछरितो बनाउने लगायतका विषयमा निर्णय लिइएको जनाइएको छ।
गाउँपालिकाले गाउँबासीलाई आव्हान गर्दै भनेको छ, “सुरक्षित रहनुहोस्, आपतकालीन अवस्थामा पालिका, सुरक्षा निकाय र सम्बन्धित शाखासँग तुरुन्त सम्पर्क राख्नुहोस्।”
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post