इलाम । असोज १७ र १८ गतेको अविरल वर्षापछि इलाम जिल्लामा आएको बाढी र पहिरोले ठूलो क्षति पुर्याएपछि कोशी प्रदेश सरकारले तत्कालीन राहत सामग्री पठाएको छ। मंगलबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत चामल, दाल, आलु, तेल, नुन, बेसारसहित दैनिक उपभोग्य खाद्य सामग्री, ब्ल्याङ्केट, सिरानी, म्याट्रेस र त्रिपाल पठाइएको हो।
प्रदेशका मुख्यमन्त्री हिम्मतकुमार कार्कीले पीडितलाई सहयोग तत्काल र प्रभावकारी ढंगले पुर्याउन प्रदेश सरकार कटिबद्ध रहेको बताए। उनका अनुसार मृतकका परिवारलाई सहयोग र विस्थापितको अस्थायी बसोबासका लागि प्राथमिकताका साथ काम भइरहेको छ।
प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रामप्रसाद आचार्यले स्थलमार्ग अवरुद्ध भएकाले तत्कालका लागि हेलिकोप्टरमार्फत सामग्री पठाइएको जानकारी दिए। उनका अनुसार मंगलबार इलाम सदरमुकाम र माङ्सेबुङसम्म राहत पुर्याइएको छ भने थप सामग्री पठाउने तयारी भइरहेको छ।
बाढी–पहिरोका कारण इलामको सूर्योदय नगरपालिका, इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका, माङ्सेबुङ गाउँपालिका, माईजोगमाई गाउँपालिका, देउमाई नगरपालिका र फाकफोकथुम गाउँपालिकामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ।
प्रदेश सरकारले इलामलाई सबैभन्दा बढी प्रभावित क्षेत्रका रूपमा प्राथमिकता दिँदै उद्धारपछि राहत वितरणलाई तीव्रता दिएको जनाएको छ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post