विराटनगर — मोरङ जिल्ला कारागारमा रहेका एक बन्दीको उपचारका क्रममा मृत्यु भएको छ। शनिबार दिउँसो मोरङको उर्लाबारी नगरपालिका–६ निवासी ५० वर्षीय काजीमान सार्कीको निधन भएको हो।
जिल्ला कारागारका जेलर गौरव ढुंगेलका अनुसार सार्कीलाई विहानैदेखि रक्तचाप घट्ने र बान्ता हुने समस्या देखिएको थियो। स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनलाई तुरुन्तै कोशी अस्पताल विराटनगर पुर्याइएको थियो।
तर, अस्पतालमा भर्ना भएको केही समयमै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
कारागार प्रशासनले जानकारी दिएको अनुसार सार्की लागुऔषध मुद्दाका बन्दी हुन्। जिल्ला अदालत मोरङले उनलाई २०८१ पुस २९ गते पुर्पक्षका लागि कारागार चलान गरेको थियो। उनको मुद्दा हाल विचाराधीन अवस्थामा थियो।
अस्पताल र कारागार प्रशासन दुबै पक्षले मृत्युको विस्तृत कारणबारे थप रिपोर्ट प्रतिक्षा भइरहेको बताएका छन्।
कारागार प्रशासनले भने घटनाबारे सम्बन्धित निकायलाई जानकारी गराइसकेको र आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको जनाएको छ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post