सुनसरी । भोक्राहा नरसिंह गाउँपालिकाले तिहार (दीपावली) पर्व–२०८२ का अवसरमा शुभकामना सन्देश जारी गरेको छ। गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण गाउँबासीहरूलाई हार्दिक शुभकामना दिँदै सबैमा आपसी एकता, मेलमिलाप र सद्भाव सुदृढ बनाउन आह्वान गरेका छन्।
सन्देशमा उनले तिहारलाई नेपालीहरूको मौलिक चाडको रूपमा व्याख्या गर्दै यस पर्वले सत्य र न्यायको मार्गमा अघि बढ्न प्रेरणा दिने उल्लेख गरेका छन्। साथै, दिदीबहिनी र दाजुभाइबीचको प्रेम, सम्मान र पारस्परिक सम्बन्ध सुदृढ बनाउने यो पर्वले समाजमा सकारात्मक सन्देश फैलाउने पनि बताए।
अध्यक्ष आजादले भनेका छन्, “तिहारले नेपालभरिको सांस्कृतिक विविधता र धार्मिक सहिष्णुतालाई झल्काउँछ। यो पर्वले झिलिमिली बत्तीको उज्यालोले अन्धकारमाथि विजयको प्रतीक प्रस्तुत गर्छ।” उनले समाजमा सौहार्द, सहिष्णुता र राष्ट्रिय एकतालाई बलियो बनाउन तिहारले विशेष भूमिका खेल्ने विश्वास व्यक्त गरे।
सन्देशको अन्त्यमा अध्यक्ष आजादले गाउँपालिकाका सम्पूर्ण नागरिकहरूलाई माया, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै “एकताबाट समृद्धिको यात्रा अघि बढाऔं” भन्ने संदेश दिएका छन्।










Discussion about this post