इनरुवा । सुनसरीको भोकाहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले आज वडा नं. ५ का स्थानीयवासीसँग भेटघाट तथा छलफल गरेका छन्। गाउँका युवा, बुद्धिजीवी, सामाजिक कार्यकर्ता र सर्वसाधारणसँग प्रत्यक्ष संवाद गर्दै अध्यक्ष आजादले जनता बसोबास गर्ने स्थानमै पुगेर वास्तविक समस्या, अभाव र अपेक्षाहरू बुझ्ने अभियानलाई निरन्तरता दिएका हुन्।
कार्यक्रममा सहभागी स्थानीयले सडक, खानेपानी, कृषि अनुदान, बाढी–डुबान नियन्त्रण, स्वास्थ्य सेवा र शिक्षा व्यवस्थापनलगायतका विषयमा आफ्ना समस्या, गुनासो र सुधारका सुझावहरू अध्यक्षसमक्ष राखेका थिए।
अध्यक्ष आजादले जनताको पीडा बुझेर समाधान गर्ने लक्ष्यसहित आफू टोलीसहित टोल–टोलमा पुगेको बताउँदै भने –
“गाउँका प्रत्येक नागरिकको आवाज समान महत्त्वपूर्ण छ। हामी जनगुनासो र समस्याहरूलाई प्राथमिकताका आधारमा छानोट गरी योजनाबद्ध रूपमा समाधानतर्फ अघि बढ्छौं। विकासका काम देखिने, महसुस हुने र जनतामै केन्द्रित हुनेछन्।”
देशको वर्तमान आर्थिक तथा सामाजिक अवस्थाले स्थानीय तहको भूमिका अझ महत्वपूर्ण भएको उल्लेख गर्दै उनले जनताको अपेक्षाअनुसार गाउँको विकास, सुशासन र सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउने प्रतिवद्धता समेत व्यक्त गरे।
स्थानीयले अध्यक्ष आजादले प्रत्यक्ष रूपमा गाउँ–बस्तीमै आएर समस्या सुन्नु सकारात्मक पहल भएको भन्दै यसले जनप्रतिनिधिप्रति विश्वास बढाएको प्रतिक्रिया दिएका छन्।










Discussion about this post