सुनसरी । कटहरी गाउँपालिका–१ जमटोकी स्थित फलफूल तथा कृषि थोक बजार परिसरमै बुधवारदेखि औपचारिक रूपमा सचिवालय सञ्चालनमा आएको हो।
२०७८ सालमा करिब १३ करोड ७६ लाखभन्दा बढी लागतमा निर्मित सो संरचना मूलतः तरकारी तथा कृषि कारोबारका लागि तयार गरिएको थियो। तर २४ भदौमा जेनजी आन्दोलनका क्रममा प्रदेशसभा भवन क्षतिग्रस्त भएपछि तत्काल वैकल्पिक स्थल खोज्नुपर्ने अवस्था सिर्जना भएको थियो।
आन्दोलनपछि विराटनगरको वीरेन्द्र सभागृह प्रयोग गर्ने प्रारम्भिक योजना बनाइएको थियो। तर अवलोकनका क्रममा सभा सञ्चालनका लागि आवश्यक सुरक्षा, संरचना र प्रशासनिक सुविधा अभाव देखिएपछि समितिले त्यसलाई अनुपयुक्त ठहरेको थियो। त्यसपछि सचिवालय र बैठक दुवैलाई कटहरीस्थित कृषि बजार भवनमै सार्ने निर्णय गरिएको हो।
सचिवालय व्यवस्थापन तथा सञ्चालन समितिको बैठक सभामुख अम्बरबहादुर विष्टको अध्यक्षतामा बसेर वैकल्पिक स्थल समायोजनबारे अन्तिम टुंगो लगाइएको थियो।
कोशी प्रदेश सभाको सातौँ अधिवेशन असोज १० गते नै समाप्त भएको थियो। नयाँ स्थानमा सचिवालय सञ्चालन सुरु भएपछि आगामी अधिवेशन समेत यही कटहरीस्थित संरचनामै बस्ने अनुमान गरिएको छ।
मन्त्रीस्तरीय निर्णयपछि पनि सरुवा गरिएको स्थानमा नपुगेका दुई सीडिओ फेरि सरुवा
काठमाडौँ - गृह मन्त्रालयले कात्तिक ९ गते मन्त्रीस्तरीय निर्णयमार्फत सरुवा गरेका दुई गृह मन्त्रालयले कात्तिक ९ गते मन्त्रीस्तरीय निर्णयमार्फत सरुवा गरेका...











Discussion about this post