बाराको सिमरा विमानस्थल आसपासको क्षेत्र आज दिउँसो अचानक तनावपूर्ण बनेपछि प्रशासनले साढे १२ बजेदेखि राति ८ बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ। एमाले नेता महेश बस्नेत सिमरा आइरहेको सूचना सार्वजनिक भएपछि जेन–जी युवाहरूले विमानस्थल क्षेत्रमा विरोध प्रदर्शन गरे। प्रदर्शन तीव्र बनेपछि उनीहरू र एमाले कार्यकर्ता बीच झडप समेत भएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी विजय पण्डितले बताए।
झडपका बीच जेन–जी समूहले विमानस्थलको मुख्य गेटसमेत भत्काइदिएपछि स्थिति झनै संवेदनशील बन्दा ठूलो संख्यामा सुरक्षा बल परिचालन गरिएको छ। एमालेले परवानीपुरमा आयोजना गरेको प्रदेशस्तरीय युवा भेलाका प्रमुख अतिथि महासचिव शंकर पोखरेल र युवा इञ्चार्ज बस्नेत सिमरा हुँदै कार्यक्रममा सहभागी हुने तयारीमा थिए।











Discussion about this post