सुनसरी ।विराटनगरस्थित नोबेल मेडिकल कलेजमा नाकको पोलिप शल्यक्रियापछि इटहरी–१ का ७ वर्षीय जेनिश पाठकको दाहिने आँखाको दृष्टि हराएको छ। परिवारले गम्भीर चिकित्सकीय लापरबाही भएको भन्दै मोरङ प्रशासनमा उजुरी दिएका छन्। मंसिर ५ गते गरिएको सर्जरीपछि नै जेनिशको आँखामा समस्या देखा परे पनि अस्पतालले भोलिपल्ट हतारमा डिस्चार्ज गरेको आरोप परिवारको छ।
“सिकारु डाक्टरले अप्रेशन गरेको रहेछ, जिम्मेवारी नलिई उल्टै आँखा अस्पताल लैजाऊ भनियो,” जेनिशका मामाले बताएका छन्।विराटनगर आँखा अस्पतालका चिकित्सकका अनुसार बालकको दाहिने आँखाको भित्री संरचना क्षतिग्रस्त भएकाले ज्योति फर्कने सम्भावना न्यून छ। परिवारले सर्जरीमा संलग्न चिकित्सकमाथि कारबाही माग्दै उजुरी दर्ता गराएको र घटनाबारे छानबिन सुरु भएको मोरङका सीडीओ युवराज कट्टेलले जानकारी दिएका छन्। नोबेल मेडिकल कलेज भने यस विषयमा कुनै प्रतिक्रिया दिन अघि आएन।










Discussion about this post