इनरुवा । विशेष गोप्य सूचनाका आधारमा चलेको प्रहरी कारबाहीमा सुनसरीको इनरुवा–९ नहरचोक क्षेत्रमा ठूलो मात्रामा गाँजा पक्राउ परेको छ। लागूऔषध ओसारपसार भइरहेको भन्ने सूचनापछि खटिएको टोलीले मंगलबार साँझ इनरुवा–जाल्पापुर भित्री सडकखण्डमा निगरानी कडा पारेको थियो।
चेकजाँचका क्रममा बा ३ च ५५८५ नम्बरको स्कारपियो रोकेर जाँच गर्न खोज्दा चालकले सवारी तीव्र गतिमा अघि बढाउँदै फरार भएको प्रहरीले जानकारी दिएको छ। सतर्कता बढाइएपछि अस्थायी प्रहरी चौकी साम्बला तथा पोखरीचोकबाट गएको टोलीले नहरचोकदेखि करिब १०० मिटर दूर सवारी छाडिएको अवस्थामा फेला पारेको हो।
चालक भने फरार रहेकाले उनको पहिचान र खोजतलासका लागि प्रहरीले विशेष अभियान जारी राखेको छ।जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुखको निर्देशनमा गरिएको निरीक्षणमा स्कारपियोभित्र प्लास्टिकका बोरा प्रयोग गरी प्याक गरिएका १६ बोरा गाँजा फेला परेका छन्, जसको तौल करिब ४६० केजी रहेको प्रहरीले पुष्टि गरेको छ।
बरामद गरिएको सवारीसाधन तथा गाँजालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएकोछ। फरार चालकलाई पक्राउ गर्न थप गस्ती र अनुसन्धान सञ्चालित रहेको प्रहरीको भनाइ छ।












Discussion about this post