सुनसरी ।कोशी राजमार्गअन्तर्गत मोरङको बुढीगंगा र सुनसरीको दुहबीलाई जोड्ने बुढी खोलाको पुल नजिक भारतका एक मजदुरको निर्माणाधीन पुलबाट खस्दा मृत्यु भएको छ। पुरानो पुलसँगै नयाँ पुल निर्माण भइरहेको सो स्थानमा दुई पुलबीच खाली भाग छ। यही बीचको भाग नजिक घोप्टो परिरहेको अवस्थामा मजदुरको शव फेला परेको जिल्ला प्रहरीले जनाएको छ। उनी माथिबाट खसेको आशंका गरिएको छ।
सोमबार बिहान करिब ८ बजे फेला परेका मृतक भारतको कोलकाता घर भई झण्डै १०–१५ वर्षदेखि बुढीगंगा–५ मा बस्दै आएका ५० वर्षीय मोहमद अली अन्सारी रहेकाछन्। अन्सारी बुढीगंगा–५ मा रहेको स्वस्तिक तेल उद्योग (स्वस्तिक आयल) मा काम गर्दै आएका थिए।
घटनास्थलको सुरक्षासहित आवश्यक मुचुल्का उठाउने कार्य सम्पन्न गरी प्रहरी निरीक्षक लेखनाथ दाहालको नेतृत्वमा पुगेको टोलीले शवलाई पोस्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पताल पठाएको हो। मृतकको सनाखत उनकी पत्नी कुर्नी खातुनले गरिदिएको प्रहरीले जानकारी दिएको छ।










Discussion about this post