काठमाडौँ – पूर्व राजा ज्ञानेन्द्र शाह आज झापाबाट काठमाडौँ आइरहेका छन्। उनका समर्थकले विमानस्थलमा स्वागतको तयारी गरेका छन्। नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागतको आव्हान गरेको छ।

स्थानीय प्रशासनले सम्भावित उच्छृङ्खलता रोक्न सुरक्षा कडा बनाएको छ। गोल्डेनगेटदेखि निर्मल निवाससम्म २० जना डीएसपीको नेतृत्वमा प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी परिचालन गरिएको छ। विमानस्थलभित्र निषेधाज्ञा लागु भएकोले प्रवेशमा कडाइ गरिएको छ।
















Discussion about this post