इटहरी । छ करोड ६० लाख रुपैयाँ खर्चेर इटहरी वडा नं. १ आपगाछीमा निजी लगानीमा अधिकारी परिवारले चन्देश्वर शिव मन्दिर निर्माण गरिएको छ । २०३४ सालमा निधन भएका चन्द्रप्रसाद अघिकारीका सन्तानले मन्दिर निर्माण गरेका हुन् । सो मन्दिरको शनिबार नेपालका प्रथम जगतगुरु वालसन्त मोहनशरण देवाचार्य महाराजले उद्घाटन गरे ।
पुख्यौली भोजपुरको याक्कुकट्टीबाट सुनसरीको इटहरी आपगाछीमा झण्डै विं सं. १९९० सालतिर बसाई सरेर आएका चन्द्रप्रसादका सन्तानले पाँच कट्ठा जग्गा खरीद गरि मन्दिर निर्माण गरेका हुन् ।
कोशी राजमार्ग अन्तर्गत पर्ने एक कट्ठा आठ धुरमा यसअघि निर्माण गरिएको मन्दिर छ लेन सडक विस्तार हुँदा ठाउँ साँघुरो भएपछि चन्द्रप्रसादका देशभर छरिएर रहेका सात भाई छोराहरुका नाति तथा पनातिहरुले संयुक्त रुपमा थप जग्गा खरीद गरि कुल पाँच कट्ठा क्षेत्रफलमा निर्माण गरिएको निर्माण समितिका अध्यक्ष विनोद अधिकारीले बताए । चन्द्रप्रसादका पनाति विनोदका अनुसार चार वर्ष लगाएर मन्दिर निर्माण गरिएको हो ।
आपगाछीमा शिव मन्दिर निर्माण भएर अब पूजाआर्चनाका लागि खुल्ला गरिएकाले अब भक्तजनको दिनहुँ भीड लाग्ने चन्द्रप्रसादका पनाति राजेन्द्र अधिकारीले बताए । यहाँ आउने भक्तजनले आफ्नो अमूल्य समयको सही सदुपयोग गर्न सक्नेछन् ।
मन्दिर आकर्षक भएकाले गर्दा भक्तजनको भीड बढ्नेवित्तिकै धार्मिक आस्थाका व्यक्तिको रोजाईको केन्द्र बन्ने अपेक्षा गरिएको चन्द्रप्रसादका नाति बालकुमारले बताए । उनका अनुसार मन्दिर परिसरमा पञ्चायन देवीदेवताको मूर्ति स्थापना गरिएको छ । यी देवीदेवताको पनि पुजारी डाकेर केही दिनदेखि विधिपूर्वक पुजा आराधान गरिएको छ ।
मन्दिर उद्घाटनका क्रममा बालसन्त महाराजले अधिकारी परिवारले गरेको कार्य उदाहरणीय भएको बताए । उनले अधिकारीको पुर्खा पृथ्वीनारायण शाहलाई राष्ट्र एकीकरणमा साथ दिएको परिवार भएकाले गर्दा पुख्यौली ऐतिहासिक दस्तावेज तयार गर्न पनि सुल्झाए ।
उनले फागुन २१ गते हुन लागेको निर्वाचनमा सनातन हिन्दु धर्मपक्षधरलाई मतदान गर्न आग्रह गरे । ‘आँखा चिम्लिएर हिन्दु राष्ट्रका पक्षमा लाग्नेलाई मतदान गर्नुहोस्,’ उनले भने, ‘गुमेको विरासत र स्वाभीमान फर्काउनुपर्छ । जसले धर्म र संस्कृति बचाउँछ, त्यसैलाई साथ दिनुपर्छ ।’ मन्दिर उद्घाटनका क्रममा अधिकारी परिवारका अग्रजसँगै आफन्त र गाउँलेको बाक्लो उपस्थिती रहेको थियो ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post