इटहरी। सुनसरीको इटहरी वडा नं. ५ मा सञ्चालित मकालु इङ्लिस बोडिङ् स्कुलले गुणस्तरीय शिक्षा प्रदान गर्न अब अन्तर्राष्ट्रिय मापदण्ड अनुसार व्यवस्थापन गर्ने भएको छ । शनिबार २५ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा यसका लागि सम्झौता भएको हो ।
यसका लागि एभरेष्ट इन्टरनेशनल कन्सल्टेन्सी संस्थासँग तीन वर्षे सम्झौता गरिएको विद्यालयका प्रिन्सिपल थानेश्वर ढकालले बताए । विद्यालयमा नर्सरीदेखि कक्षा दससम्म पढाई हुने गरेको छ ।
सो क्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान समेत गरिएको छ । दुई दिनसम्म चलेको कार्यक्रममा उत्कृष्ट शिक्षकशिक्षिकामध्ये शोभा श्रेष्ठ, रविन गुरुङ्, तारा प्रधान र सविना कडेललाई सम्मान गरियो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय एकाइ सुनसरीका प्रमुख देवेन्द्र मल्लले सम्मान गरे । यस्तै, जेष्ठ नागरिकहरु जयबहादुर विश्वकर्मा, लिलादेवी लुईटेल, फुलमाया राई, तेजबहादुर राउन र रक्सु चौधरीलाई सम्मान गरियो । सोही क्रममा विद्यालयका पूर्व संस्थापकमध्ये गणेश कोइराला र चिन्तामणी पौडेललाई सम्मान गरियो ।
वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा शुक्रबार र शनिबार शैक्षिक प्रदर्शनी पनि गरियो । नर्सरीदेखि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीलाई कक्षामा सिकेको सैद्दान्तिक ज्ञानलाई व्यवहारिक रुपमा अभ्यास नै गराउनका निम्ति शैक्षिक प्रदर्शनी गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि मल्ल, इटहरीका शिक्षा क्षेत्रका अगुवा डाक्टर वेणुप्रसाद सिटौला, वोधराज नेपाल, एन प्याब्सन सुनसरीका सल्लाहकार नारायण सञ्जेल, प्याब्सन इटहरीका सूर्यमणी निरौलालगायतले बोलेका थिए । कार्यक्रममा सहभागीलाई विद्यालय व्यवस्थापन समिति अध्यक्ष रञ्जना शर्माले मन्तब्यमार्फत स्वागत गरेकी थिइन् ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post