इटहरी । सुनसरीको इटहरी वडा नं. ५ मा अवस्थित जनता बहुमुखी क्याम्पसले युवा पुस्तालाई रोजगारी सिर्जना गर्न आइटि करिअरसम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । सूचना प्रविधि क्षेत्रको तिव्र विकाससँगै यस क्षेत्रमा करियर बनाउने अवसर र चुनौतीबारे विद्यार्थीहरूलाई जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
क्याम्पसको बिआइसिटी विभागद्वारा आयोजित उक्त कार्यक्रममा बिआइसिटी, कक्षा ११ र १२ को कम्प्युटर साइन्स अध्ययनरत विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी विद्यार्थीहरूले सूचना प्रविधि क्षेत्रका विविध पक्षबारे ज्ञान हासिल गरेका थिए ।
कार्यक्रममा प्रशिक्षकका रूपमा सरोज राउतले सहजीकरण गरेका थिए । उनले नेपालमै सफ्टवेयर कम्पनी सञ्चालन गर्दै आउनुका साथै विभिन्न विदेशी देशहरूका परियोजनाहरूमा समेत काम गरेको अनुभव सेयर गरे । साथै, उनले आइटी क्षेत्रको अत्यन्तै सम्भावना एवम् आम्दानीको दृष्टिले आकर्षक क्षेत्र भएको बताए । उनले फ्रिलान्सिङ, आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) र भविष्यका करियर सम्भावनाहरूका विषयमा विद्यार्थीहरूलाई विस्तृत जानकारी गराए ।
उक्त कार्यक्रम बिआइसिटी विभाग प्रमुख मन्दिप भट्टराईको संयोजन तथा नेतृत्वमा, बिआइसिटी विभागका अन्य शिक्षकहरूको सह–संयोजनमा आयोजना गरिएको थियो। कार्यक्रम व्यवस्थापन तथा सञ्चालनमा विभागीय शिक्षकहरूको सक्रिय भूमिका रहेको थियो ।
सो अवसरमा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष विकाश केसी तथा सहायक क्याम्पस प्रमुख इन्द्र प्रसाद प्याकुरेलको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी विद्यार्थीहरूले पनि यस्ता अन्तरक्रियात्मक कार्यक्रमले आफूहरूलाई नयाँ ज्ञान र प्रेरणा दिएको बताएका थिए । उनीहरूले भविष्यमा आइटी क्षेत्रमा आफ्नो करियर निर्माण गर्ने विषयमा थप उत्साहित भएको प्रतिक्रिया दिएका थिए ।
जनता क्याम्पसको १३ औं क्याम्पस सभा
इटहरी । सुनसरीको इटहरीमा सञ्चालित जनता बहुमुखी क्याम्पसको विधान संसोधनसहित पास गर्ने निर्णयसहित १३ औं क्याम्पस सभा शनिबार सकिएको छ...











Discussion about this post