इटहरी । सुनसरीको इटहरीमा सञ्चालित जनता बहुमुखी क्याम्पसको विधान संसोधनसहित पास गर्ने निर्णयसहित १३ औं क्याम्पस सभा शनिबार सकिएको छ । क्याम्पस सञ्चालक समितिका सदस्य शिवराज दाहाल नेतृत्व समितिले पेस गरेको विधानमा सामाजिक सुरक्षा कोष, विदा, पदपूर्ति, लेखा परीक्षणलगायतमा यसअघि भएका केही नियम संसोधन गर्ने निर्णयसहित पास भएको हो ।
क्याम्पससभामा क्याम्पस प्रमुख डा. गीता अधिकारीले पेस गरेको शैक्षिक प्रतिवेदन पनि पास गरियो । गत माघ १५ गते भएको क्याम्पसभा गणपुरक संख्या नपुगेर बन्दसत्र स्थगित गरिएकाले गर्दा शनिबार दोस्रोपटक भएको हो । क्याम्पस सभा सञ्चालक समितिका अध्यक्ष विकास कृृेसी खत्रीको अध्यक्षतामा भएको थियो ।
विश्वविद्यालय अनुदान आयोग नेपालबाट गुणस्तर सुनिश्चितता प्रत्यायानको प्रमाणपत्र प्राप्त गर्न सफल जनता क्याम्पसमा स्नातक तहमा बिएड, बिबिएस, बिए, बिआइसिटिई तथा स्नातकोत्तरतर्फ एमएडसँगै एमबिएसका शैक्षिक कार्यक्रम सञ्चालन गरेको छ । कक्षा ११ र १२ का शैक्षिक कार्यक्रम पनि सञ्चालन गरेको छ । यहाँ पाँच हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको सहायक क्याम्पस प्रमुख सञ्जिव यादवले बताए ।
आइटी करियरसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
इटहरी । सुनसरीको इटहरी वडा नं. ५ मा अवस्थित जनता बहुमुखी क्याम्पसले युवा पुस्तालाई रोजगारी सिर्जना गर्न आइटि करिअरसम्बन्धी अन्तरक्रिया...











Discussion about this post