काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन, फागुन २१, को सुरक्षामा खटिएका कर्मचारीहरूको योगदानको प्रशंसा गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले उनीहरूको भूमिका ऐतिहासिक र जिम्मेवार भएको बताए।
सोमबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा गृहमन्त्री अर्यालले निर्वाचन सफल बनाउन केन्द्रदेखि जिल्ला स्तरसम्म सक्रिय रहेका सुरक्षा समितिहरू, निर्माण कमाण्ड फोर्स, सुरक्षा सेल र सरकारी अधिकारीहरूको योगदानको कदर गरे। उनले भने, “निर्वाचनमा खटिएका अधिकारीहरूको सिर्जनशीलता र क्षमता अत्यन्तै प्रशंसनीय छ। विगतमा कतिपय घटनामा नेतृत्वले परिस्थिति नबुझी निर्देशन दिनुपरेको हुन सक्छ। कसैको भनाइलाई स्क्रिनिङ नगरी, कुरा बुझ्नुअघि निर्णय आएको हुन सक्छ।
तर यस पटक हामीले राम्रोसँग स्क्रिनिङ गरी, निर्णय लिनुअघि पर्याप्त विचार र समन्वय गरेका छौं। आएका समन्वयात्मक निर्णयहरूलाई हेरेर काम गरियो, जसमा सबै तहका सुरक्षा निकायहरूको योगदान उल्लेखनीय रह्यो।”
गृहमन्त्री अर्यालले यसरी सुरक्षा व्यवस्थामा देखिएको सक्रियता र समन्वयलाई भविष्यमा पनि कायम राख्नुपर्नेमा जोड दिएका छन्।










Discussion about this post