इनरुवा । नेपाली बजारमा बुधबार सुनको मूल्यमा ठुलो उछाल आएको छ। केही दिन लगातार घट्दो क्रममा रहेको सुन बुधबार अचानक बढेर उच्च मूल्यमा कारोबार भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबार छापावाल सुनको मूल्यमा प्रतितोला १४ हजार ६०० रुपैयाँ वृद्धि भई २ लाख ८८ हजार ५०० रुपैयाँ पुगेको छ। यसअघि मंगलबार यो मूल्य २ लाख ७३ हजार ९०० रुपैयाँमा रहेको थियो।
त्यस्तै, प्रति १० ग्राम सुनको मूल्य पनि बढेर २ लाख ४७ हजार ३४० रुपैयाँ कायम भएको छ। मंगलबार यो मूल्य २ लाख ३४ हजार ८२५ रुपैयाँ थियो।










Discussion about this post