• pradeshpoint
  • Pradeshpoint
Monday, April 20, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
in FEATURE, मुख्य पाना
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान
6
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरी जिल्लामा यस वर्ष गहुँ उत्पादनमा कमी आउने संकेत देखिएको छ। खेती सुरु हुने समयमा पर्याप्त वर्षा नहुनु र पछि गहुँ पाक्ने बेलामा असमय पानी पर्नुले जिल्लाका विभिन्न स्थानीय तहमा गहुँबाली प्रभावित भएको किसानहरूले बताएका छन्।

जिल्लाका इनरुवा नगरपालिका, दुहबी नगरपालिका, इटहरी उपमहानगरपालिका, रामधुनी नगरपालिका, बराहक्षेत्र नगरपालिका, कोशी गाउँपालिका, हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका, गढी गाउँपालिका तथा भोक्राहा नरसिंह गाउँपालिका लगायतका क्षेत्रमा उत्पादन घट्ने अवस्था देखिएको हो।

स्थानीय किसानका अनुसार गहुँ रोपाइँको समयमा पर्याप्त पानी नपर्दा जमिनमा चिस्यान कम भयो, बिउ राम्रोसँग उम्रन सकेन। त्यसपछि बाली हुर्कने क्रममा लामो समयसम्म खडेरीजस्तै अवस्था रहेकाले गहुँको वृद्धि कमजोर भयो। किसानहरूका अनुसार यसले सुरुदेखि नै उत्पादन घट्ने जोखिम बढाएको थियो।

त्यसमाथि गहुँ पाक्ने बेला अचानक पानी र हावाहुरी परेपछि धेरै ठाउँमा बाली ढलेको, दाना कालो भएको र खेतमै कुहिने समस्या देखिएको छ।

भोक्राहा नरसिंह गाउँपालिका–६ का किसान रामेश्वर यादव ले भने, “सुरुमा पानी परेन, गहुँ कमजोर भयो। अहिले पाक्ने बेला पानी परेर खेतमै ढल्यो, धेरै क्षति भयो।”

त्यस्तै देवानगञ्ज गाउँपालिका–२ का किसान सहदेव मण्डल ले खेतमै पानी जम्दा गहुँको दाना बिग्रिएको बताउँदै भने, “मेसिनले काट्नै नसक्ने भयो, पानीले गहुँ ढल्यो, उत्पादन आधा घट्ने डर छ।”

कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख निलकमल सिंह ले यस वर्ष मौसमको असन्तुलनले गहुँ उत्पादनमा असर पुगेको बताएका छन्।

उनका अनुसार, “गहुँ खेतीको सुरुवाती चरणमा समयमै वर्षा नहुँदा धेरै ठाउँमा रोपाइँ ढिलो भयो, चिस्यान अभावले बाली कमजोर बन्यो। पछि पाक्ने बेला असमय पानी पर्दा ढल्ने र दाना बिग्रने समस्या देखियो। यी कारणले उत्पादन अघिल्लो वर्षको तुलनामा घट्ने सम्भावना छ।”

सिंहका अनुसार जिल्लामा उत्पादन तथ्यांक संकलन भइरहेको भए पनि प्रारम्भिक अवस्था हेर्दा धेरै ठाउँमा प्रति बिघा उत्पादन घटेको किसानहरूले जानकारी गराएका छन्।

स्थानीय किसानहरूले मलखाद समयमै नपाउने, सिँचाइ व्यवस्थापन कमजोर हुने र मौसम पूर्वानुमानको सूचना पर्याप्त नपुग्ने समस्या पनि यस वर्षको अर्को चुनौती भएको बताएका छन्। कतिपय किसानले बोरिङबाट सिँचाइ गर्नुपर्दा लागत बढेको र त्यसअनुसार आम्दानी नहुने गुनासो गरेका छन्।

गहुँ उत्पादन घट्ने संकेतसँगै बजारमा स्थानीय गहुँ आपूर्ति घट्ने र किसानको आर्थिक अवस्था कमजोर हुने चिन्ता बढेको छ। किसानहरूले स्थानीय सरकार र कृषि कार्यालयसँग क्षति मूल्यांकन, राहत व्यवस्था तथा कृषि बीमालाई प्रभावकारी बनाउन माग गरेका छन्।

कृषि ज्ञान केन्द्रका अनुसार मौसमको जोखिम बढ्दै गएकाले आगामी दिनमा सिँचाइ सुविधा विस्तार, उन्नत बीउ वितरण, समयमै मलखाद व्यवस्थापन तथा आधुनिक कटानी उपकरणको पहुँच बढाउनुपर्ने आवश्यकता रहेको छ।

Tags: अनुमानउत्पादन घट्नेगहुँ खेतीमा समस्या बढ्यो:सुनसरीमा

Related Posts

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा
FEATURE

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
0

काठमाडौं । पछिल्लो समय नेपालमा सम्बन्धविच्छेदका मुद्दा तीव्र रूपमा बढ्दै गएका छन्। सामान्य पारिवारिक मतभेददेखि वैदेशिक रोजगारी, आर्थिक दबाब, सामाजिक...

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist