• pradeshpoint
  • Pradeshpoint
Saturday, May 2, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

मानवअधिकार वर्ष पुस्तक– २०२२ को पूर्व वार्षिक समिक्षा सम्पन्न

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७८ मंसिर २३ गते, २२:४८ बजे प्रकाशित
in FEATURE, अपराध खबर, अर्थ पाना, कला पाना, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
मानवअधिकार वर्ष पुस्तक– २०२२ को पूर्व वार्षिक समिक्षा सम्पन्न
71
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा नेपाल मानवअधिकार वर्ष पुस्तक– २०२२ को पूर्व वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । मानवअधिकार र सामाजिक न्यायको निम्ति कार्यरत अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) १ नम्वर प्रदेश कार्यालय विराटनगरको सहयोग, इन्सेक सुनसरीको आयोजना तथा गैरसरकारी संस्था महासंघ मेघराज न्यौपानेको अध्यक्षता तथा जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको प्रमुख आथित्यमा समिक्षा सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न पालिकाका जनप्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, दलका प्रमुख तथा प्रतिनिधि र सरोकारवालाहरुको उपस्थिती रहेको थियो । सम्पन्न कार्यक्रममा प्रस्तुत गरेको प्रतिवेदन अनुसार सशस्त्र द्धन्द्ध, जनआन्दोलन र त्यसयता विभिन्न आन्दोलतनबाट प्राप्त उपलब्धीहरुको संस्थागत हुन नसेकको कारणले नागरिकमा पूर्ण मानव अधिकारको अनुभुती गर्न नपाएको अवस्था रहेको छ । देशमा आएको परिवर्तनले नागरिकलाई जसरी अनुभुती दिलाउनुपर्ने थियो त्यसरी दिन सकेको छैन् प्रतिवेदनमा भनिएको छ ।

शिक्षा, स्वास्थ्य, खाध्य, अवास र सूचनाको हकको पनि उपभोग सहज गर्न नपाएको अवस्था प्रतिवेदनले औल्याएको छ । प्रस्तुत विवरणमा प्रत्येक घटनाको मिति, पीडितको नाम, पीडकको नाम, उमेर, घटनाको प्रकृति, कार्वाही, उपचार , हनन, उल्घंन तथा अपराध र मानव अधिकारको विषय इन्सेक बाहेक अति गोप्य रहने भएकाले सूचना चुहावट नहुने जानकारी गराएको छ । इन्सेक प्रतिनिधि जयकृष्ण यादवले प्रस्तुत गर्नुभएको प्रतिवेदन अनुसार जनवरी १ देखी डिसेम्बर ८ सम्मा जिल्लामा दुई वटा हत्या, ८० वटा बलात्कार, २६ वटा बलात्कार प्रयास, ३५ वटा बहुविवाह, एक वटा बोक्सीको आरोप, एसिड आक्रमण एक वटा, मानवबेचविखन ५ वटा, १४ वटा बाल यौन दुरुपयोग र चार जना पत्रकारलाई धम्मी आएको उल्लेख गरिएको छ । यसैबीच कार्यक्रममा मानव अधिकार समूहका कोशी सदस्य राजकुमार शर्मा, मानव अधिकार समूह भोक्राहा नरसिंहका निवर्तमान अध्यक्ष शोभा मेहता, सदस्य नुनुलाल साहलाई सम्मान गरिएको छ । गाउँमा बसेर मानव अधिकारको क्षेत्रमा योगादन गरेको भन्दै सम्मान गरेको इन्सेक सुनसरी जिल्ला प्रतिनिधि जयकृष्ण यादवले जानकारी दिए । तीनै जनालाई कार्यक्रमका प्रमुख अथिति सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कदर पत्र र दोसल्लाले सम्मान गरेकाे  हाे । कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष खेमराज पोखरेलले मानव अधिकार वर्ष पुस्तकमा सुधार गर्दै अपराधको घटनालाई घटाउदै लानुपर्ने सुझाव दिए । नेपाली काग्रेंसका युवा नेता धिरज भट्टराईले बैदेशिक रोजगार र श्रमको नाममा ठगीमा पर्नेहरुको सवाल समेत नेपाल मानवअधिकार वर्षपुस्तकमा समावेश गर्नुपर्ने सुझाव दिए ।

इनरुवा नगरपालिकाकी उपप्रमुख जमुना र्गौतम पोखरेलले मदर्शामा महिला तथा छोरीलाई शिक्षा अझै राम्रोसंग दिन नसकेको र बन्धनमा बसेको जस्तो गुनासो आएकाले त्यसमा पनि नेपाल मानवअधिकार वर्षपुस्तकले ध्यान दिनुपर्ने बताए ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुमार कार्कीले नेपाल प्रहरी अपराध न्युनिकरण गर्न र दोषीलाई कार्वाही तथा पीडितलाई न्याँयको निम्ति प्रतिवद्ध रहेको बताएकाे छ। प्रहरीले हेर्ने सबै मुद्धा र सवाल हेरेको भएपनि केही नागरिकले प्रहरीले हेर्न नमिल्ने समस्या समेत लिएर आउने भएकाले कहिलेकाही समस्या हुने गरेको जानकारी दिए ।

नागरिक समाजका पुरुषोत्म घिमिरेले नेपाल मानवअधिकार वर्षपुस्तकले देशको अवस्था चित्रण गर्ने र त्यसमा सुनसरीको पनि रिर्पोट राम्रो जानुपर्ने बताए । उनले करागार र प्रहरी हिरासतको घटनालाई समेत प्राथमिकताका साथ राख्नुपर्ने सुझाव दिए ।

पत्रकार राजेन्द्र पोखरेलले नेपाल मानवअधिकार वर्षपुस्तकमा बढी अपराधको घटनाहरु आउने गरेकाले अन्य सावललाई प्राथमिकता दिनुपर्ने होईन भने परिर्माजन वा प्रकाशन नै बन्द गर्नुपर्ने धराणा व्यक्त गरेको हो ।

अधिकारकर्मी शोभा मेहताले शिक्षामा सबैको पहुच आवश्यक रहेको र स्वदेशमा रोजगारको अभाव अनि त्यसको नाममा हुने श्रमशोषणका सबाललाई नेपाल मानवअधिकार वर्षपुस्तकमा समेटिनुपर्ने सुझाव दिए ।

नेपाल पत्रकार महासंघका सदस्य मिकायल आलमले स्थानीय सरकारलाई शिक्षाका लागि ध्यान आवश्यक रहेको बताए । उनले मदर्शालाई हेर्ने दृष्टिकोण अझ सरकारको सही नभएकाले त्यसमा पनि नेपाल मानवअधिकार वर्षपुस्तकले बोल्नुपर्ने बताए । कार्यक्रममा जनता समाजवादी पार्टीका रघुनन्दन मेहता, अभिनन्द यादव, नेपाल पत्रकार महासंघका कोषाध्यक्ष अजित कुमार झा, सदस्य दिपेन्द्र यादव, पार्सद सुनिल कुमार चौधरी, पत्रकार राजेन्द्र पोखरेल, अमर काफ्ले, सुरेन्द्र मेहता, मुनाफ हसन, गणेश यादव ,ब्रहमदेव मेहता, साहित्यकार बिमला पोखरेल, अधिकारकर्मी यदु मण्डल, कृषि बैज्ञानिक चिरन्जन यादव, विश्वनाथ ओझा, कृष्ण भगत बब्लु, बेलला अंसारी, राजकुमार शर्मा, सरस्वती माविका शिक्षक देवकृष्ण यादव, शोभा मेहता, मोहोसिम आलम, इमामुल हक, दिलिपचन्द साहु, पुजाकुमारी मण्डल सहितको ४० बढी सरोकारबालाहरुको उपस्थिती रहेको थियो ।

Tags: नेपाल मानवअधिकारवर्षपुस्तकले

Related Posts

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
FEATURE

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
0

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्‍याएको...

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल
FEATURE

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
0

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूमाथि यौन शोषण तथा यौन दुर्व्यवहारसम्बन्धी...

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    792 shares
    Share 317 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    726 shares
    Share 290 Tweet 182
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist