विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २५६ स्लाइस क्षमताको अत्याधुनिक नयाँ सिटी स्क्यान मेसिन जडान गरिएको छ ।
प्रतिष्ठानका प्रवक्ता डा।चूडामणि पोखरेलले हिजो मङ्सिर २८ गतेदेखि मेसिन सञ्चालनमा आइसकेको जानकारी दिएका छन् ।
गत असार १६ गतेदेखि पदाधिकारीको कार्यकक्षमा रहेको तालाबन्दी मङ्सिर २१ को सर्वोच्च अदालतको आदेशको पालना गर्दै पदाधिकारीहरूको कार्यकक्षको ताला खुलेपछि अड्किएर रहेका कार्यहरू धमाधम हुन थालेको प्रतिष्ठानले जनाएको छ ।
२५६ स्लाइस क्षमताको उक्त मेसिन उपत्यका बाहिर सञ्चालनमा आएको पहिलो दाबी गरिएको छ । उक्त मेसिनबाट द्रुत गतिमा स्क्यान गर्न सकिने हुँदा सिटी स्क्यान गर्दा बिरामीमा पर्ने विकिरणिय जोखिम पहिलेको मेसिनको तुलनामा अत्यन्तै न्यून रहेको बताइएको छ ।
सूक्ष्म भन्दा सुक्ष्मरुपमा गहिराई सम्म स्क्यान गर्न सक्ने साथै स्यानको क्षमता अत्यन्तै गुणस्तिरिय रहेको हुँदा रोगको निदान गर्न सहज हुने बताइएको छ । उक्त मेसिन नयाँ प्रविधिको र अत्याधुनिक भएकोले यसलाई सञ्चालन गर्ने विधिबारे रेडियोलोजी विभागका प्राविधिक कर्मचारीहरूलाई विज्ञबाट तालिम दिने कार्य सँगसँगै बिरामीहरूको सिटी स्क्यान गर्ने कार्य पनि भइरहेको बताइएको छ ।श्रोतःहाम्रोमत
Discussion about this post