इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं.७ स्थित रहेको जनता माध्यमिक विद्यालयमा प्रधानाध्यापकको कुर्सीमा बस्नको लागि दुई शिक्षक बीच झगडा भएको छ ।
गत बिहीबार बिहान १० बजे सुरु भएको झगडा समान्य बिवाद पश्चात शान्ती भएपनि शुक्रबार पुनः शिक्षक र विद्यार्थी दोहोरो हानाहान परेको स्कुलमा अध्ययनरत्त विद्यार्थीहरुले जानकारी दिएको छ ।
स्कुलमा अध्ययनरत्त विद्यार्थीका अनुसार सहायक प्रधानाध्यापक जदुलाल शाह र सुनिल भगतका कारण प्रअको कुर्सीमा बस्नैका लागि उनीको झगडा झन विवादित बनेको एक विद्यार्थीले जानकारी दिए ।
स्कुलमा केही सतायता विवाद दुई जना शिक्षकको बीच झगडा नियमित चल्दैँ आएको बताइएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई सुनसरीको मिति २०७८ साल ८ महिना ५ गतेको चलानी नं. ३३७ को पत्रानुसार जनता माध्यमिक विद्यालयका शिक्षक तथा प्रअ विन्देश्वरी साह मिति २०७८ साल ८ महिना १८ गते देखी अनिवार्य अवकाश पाएका थिए ।
अनिवार्य अवकाश पाएका निवर्तमान प्रधानाध्यापक विन्देश्वरी साहको मिति २०७८ साल ८ महिना १८ गतेदेखी लागु हुनेगरी सुनिल कुमार भगतलाई विद्यालयको प्रअको जिम्मेवारी दिएपछि स्कुलमा विवाद सृजना भएको स्थानीयवासीहरुको भनाई छ ।
उता निवर्तमान प्रअ साहले अनिवार्य अवकाशपछि भगतलाई निमित्त प्रअको जिम्मेवारी दिएपछि स्कुलका जेष्ठताका आधारमा सिनियर शिक्षक अर्थात माध्यमिक तृतिय श्रृणीका जदुलाल साहलाई जिम्मेवारी नदिदाँ स्कुलमा नियमित पढाई नभई दैनिक झैँ झण्डा हुने गरेको विद्यार्थीहरुको भनाई छ ।
विद्यार्थीहरुको भनाई अनुसार पढाउन आउने शिक्षक कुर्सीमा मौज गर्न पाउनको लागि नियमित झैँ झगडा गर्न थालेपछि दुई समुहमा विभाजित भएका विद्यार्थीहरुले सहायक प्रअ शाह र निमित्त प्रअ भगतलाई कुटपीट गरिएको बताइएको छ ।
जनता माध्यमिक विद्यालय भोक्राहा नरसिंह वार्ड नं.७ का सहायक प्रअ साहलाई कक्षा ९ मा अध्ययनरत्त विद्यार्थी निखिल मण्डलले कुटपीट गरिएको छ भने निमित्त प्रअ भगतलाई सहायक प्रअ साह समुहमा रहेका विद्यार्थीहरुले कुटपीट गरिएको बुझिएको छ ।
त्यस्तै भोक्राहा नरसिंह गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय चिरौली अन्तर रहेका शिक्षा, युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत रमेशचन्द्र तिम्लिसनाले गत मंसिर २२ गते शिक्षा नियमावली २०५९(संशोधन सहित) को परिच्छेद १७ को नियम ९३, उपनियम १२ अनुसार बरिष्ठतम् स्थायी शिक्षकले निमित्त प्रअ भई कामकाज गर्न सम्बन्धित स्कुललाई जानकारी समेत गराई सकेको छ ।
Discussion about this post