इनरुवा । पछिल्लो समय सुनसरीमा खुल्ला सीमानाकाको फाइदा उठाउन विभिन्न अपराधी संठगनहरुले सुरु गरेका छन् ।
आउँदो स्थानीय तह निर्वाचनको चर्चा र राजनीतिक चहलपहल बढ्दै गएका बेला सुनसरीमा भारतबाट अबैध रुपमा साना हातहतियारहरु नेपाल भित्रिरहको खुलासा भएको छ ।
सुनसरी जिल्लाको विभिन्न सीमानाकामा तैनाथ रहेका प्रहरीहरुको आँखा समेत छल्ने गरी अपराधी संगठनहरुले आउँदो स्थानीय तह निर्वाचन लक्षित हातहतियार भण्डारण सुरु गरेको हुन सक्ने समाचार श्रोतले जानकारी दिएको छ ।
समाचार श्रोतको अनुसार आउँदो स्थानीय तह निर्वाचनमा विभिन्न किसिमका साना हातहतियार सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिकामा भण्डारण गरेर निर्वाचनको वुथ कब्जा गर्नको लागि निर्वाचन अगावै साना हातहतियार भण्डारण सुरु गरेको हुन् सक्ने दाबी गरेको छ ।
यता सुनसरी जिल्लामा अपराध, आतकवाद र तस्करी, साना हातहतियार लगायत नियन्त्रण गर्नका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीले बिशेष प्रहरी परिचालन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले कम समयमा ठुलो सफलता समेत हासिँल गरेका छन् ।
सीमानाकामा सदापोशाकको प्रहरी परिचालन गरेर तस्करी, लागु औषध र हातहतियार कारोवार गर्ने गिरोहहरुलाई प्रहरीले धामाधम नियन्त्रणमा लिने गरेका छन् ।
उता सुनसरीमा विगत वर्षको तुलनामा साना हतियारको कारोबार डरलाग्दो ढंगले बढ्दै गएपछि प्रहरी सकृयतापुर्वक चाँसो देखाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले सदा पोशाकमा विशेष प्रहरी परिचालन गरी लागु औषध, तस्करी र साना हात हतियार कारोबारीहरू लक्षित कारबाही सुरु गरेका छन् ।
प्रहरीको कारवाही सुरु भएसँगै पुष महिनामा मात्र ३ जना पक्राउ परेका छन् ।
हतियार सहित कोशी गाउँपालिकाको लौकहीबाट २ जना र दुहवी नगरपालिकाको दुहवी १ जना गरी ३ जनालाई साना हतियार सहित प्रहरीले पक्राउ गरी कारवाही पक्रिया अगाडी बढाएको जिप्रका सुनसरीले जनाइएको छ ।
Discussion about this post