महेश सिंह /सिरहा (लहान ) स्वर्गीय संगिता स्मृति प्रतिष्ठानद्वारा जाडाे प्रभावितहरुलाई कम्बल वितरण गर्ने कार्य निरन्तर जारी रहेको छ।समाजसेवा गर्दा गर्दै श्रीमती र नजिककै भाई दिपेन्द्र गुमाएको कुरा समाजमा जगजाहेर छ।
चौधरीले श्रीमती गुमाएको हप्ता दिन भित्रै स्वर्गीय संगिता स्मृति प्रतिष्ठान नाम गरेको संस्था दर्ता गराई श्रीमतीको सम्झनामा प्रत्येक महिनाको २२ गतेका दिन उनले मासिक कार्यक्रमको घोषणा गर्दै निरन्तर समाजसेवा लागेका छन् ।कम्बल वितरण कै क्रममा लहान नगरपालिका वडा-१६ को बिकट बस्ती भसुवामा जेषठ नागरिक,अपांग,एकल महिला तथा असहायहरुलाई कम्बल वितरण गरेका छन्। ४० जना वृद्धहरुले कम्बल पाउदै वितरण गर्ने संस्था स्वर्गीय संगीता स्मृति प्रतिष्ठानका अध्यक्ष महेश चौधरीलाई धन्यवाद दिएका थिए। समाजसेवी महेश चौधरी जस्तो मनकारीलाई लहानको मेयर बनाउनु पर्ने स्थानीयहरुले बताएका थिए।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post