सुरेन्द्र मेहता / इनरूवा । सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिकामा आयुर्वेद औषधालयको शिलान्यास सम्पन्न भएको छ । देवानगंजमा गाउँपालिका वडा नं ३ मा आज देवानगंज गाउँपालिकाको अध्यक्ष लालीप्रसाद मेहताले आयुर्वेद औषधालयको शिलान्यास गरेको हो । उक्त वडामा रहेको देवानगंजमा गाउँपालिका आयुर्वेद औषधालय शाखा एकदमै जीर्ण अवस्थामा रहेको हुनाले सो आयुर्वेद औषधालयका प्रमुख जिवछ पंजियारले जानकारी दिए ।उनका अनुसार हामी यो छत मुनिमा काम गर्न भित्रै बाट जति बेला नी डर हुन्छ किनकि यो भवन धेरै पुरानो भएकाले यसको मजबुती क्षमता घटेको हो जसकारण नयाँ भवनमा २ वटा कोठाको रूम र एउटा हल गरी जम्मा ४ कोठाको भवन बन्ने भएको छ।
आदर्श टोल विकास संस्थाको ११ औं साधारणसभा सम्पन्न
इटहरी । इटहरी वडा नं. १ मा अवस्थित आदर्श टोल विकास संस्थाको आइतबार ११ औं साधारणसभा भएको छ । साधारणसभामा...










Discussion about this post