सुरेन्द्र मेहता / इनरूवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका वडा नं.१ मा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेको छ।
भाेक्राहा नरसिंह गाउँपालिका वडा नं.१ ढाेक स्थित ३० वर्षकी श्रीमती चन्द्रकला उराँवको भने उनकै श्रीमानले गएराती हत्या गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक संजयसिंह थापाका अनुसार चन्द्रकलाका ३२ वर्षीय श्रीमान् लालुप्रसाद उराँवले गएराती आफ्नै घरमा समान्य विवाद गरि धारिलो हत्यार प्रहारगरी श्रीमतीको हत्या गरिएको जानकारी दिए ।
लालुप्रसादले शुक्रबार राति साढे ९ बजेतिर श्रीमती चन्द्रकलाकाे घाँटीमा धारिलो खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए।
खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी चन्द्रकलाकाे घरमै मृत्यु भएको स्थानीयहरूले जानकारी दिएका छन् ।
श्रीमतीमाथि खुकुरी प्रहार गरेपछि उनका श्रीमान लालुप्रसाद फरार थिए । फरार रहेका लालुप्रसादलाई स्थानीयवासीहरूले खाेजी गरि प्रहरीलाई बुझाएका छन् ।
उता हत्या गरिएको लालुप्रसादकाे श्रीमतीको शव पाेष्टमार्टमका लागि जिल्ला अस्पताल इनरूवामा राखिएको छ ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post