• pradeshpoint
  • Pradeshpoint
Tuesday, March 10, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

दसगजामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गरे पोस्ट् निर्माण

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७८ माघ ८ गते, १२:३८ बजे प्रकाशित
in अपराध खबर, कला, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
दसगजामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गरे पोस्ट् निर्माण
50
SHARES
Share on FacebookShare on Twitter

सन्तोष मेहता/विराटनगर।
अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्दै विराटनगर महानगरपालिकाको सिमावर्ती दसगजा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले पोस्ट् निर्माण गरेको पाइएको छ । कूटनैतिक मर्यादा र कानुनविपरीत विराटनगर महानगरपालिका–१६ दरैया र भारत जोगवनीस्थित टिकुलिया बस्तीको बीचमा लगभग एक महीनाअघि एसएसबीले सुरक्षा पोस्ट् बनाएको हो । स्थायी हिसाबले बनाइएको उक्त पोस्ट्मा २४ घण्टा नै हतियारसहितका एसएसबीका जवान बस्न थालेका छन् । उनीहरुले दसगजामै बसेर चेकजाँच गर्दै आफ्ना गतिविधी र कामकारबाही सञ्चालन गरिरहेका हुन् । दुई देशीय सिमानामा कुनै पनि संरचना बनाउन र गतिविधी गर्न नपाइने अन्तर्राष्ट्रिय कानुन मिचेर एकलौटी ढंगबाट एसएसबीले सुरक्षाका नाममा पोस्ट् खडा गरेर गतिविधी गरिरहेको हो । काठ र कर्कटपाताको प्रयोग गरेर संरचना गर्दै अड्डा जमाएको एसएसबीले सीमा क्षेत्रका नेपालीलाई धेरै दुःख दिइरहेको गुनासो स्थानीयको छ । स्थानीय अगुवा मनोज खड्काले सीमा क्षेत्रमा भारतीय पक्षको दादागिरी बढ्दा पनि नेपाल सरकारले कुनै प्रतिक्रिया नजनाएको गुनासो गरे। एसएसबीले सुरक्षा पोस्ट् बनाएर दसगजा अतिक्रमणलाई प्रोत्साहन गरिरहेको भनाइ छ । विराटनगर–१६ का वडाध्यक्ष मनोज सुब्बाले खुला सीमाको फाइदा उठाउँदै एसएसबीले दसगजामा आफूखुसी पोस्ट् बनाएको बताए । उनले नेपाली भूमिमा गिद्धे नजर लगाइरहेको भारतीय पक्षबाट दसगजाकै अस्तित्व मेटाउने प्रयास भइरहेको उल्लेख गरे । सुब्बाले सुरक्षा पोस्ट् नै बनाएर दसगजाबाट भारतले नेपालको गतिविधी नियाल्ने काम गरिरहेको हुनसक्ने बताए । एसएसबीको पोस्ट् हटाएर दसगजा खाली गर्न सरकारले तत्काल पहल गर्नुपर्ने माग गरे । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले दसगजा क्षेत्रभित्र एसएसबीले पोस्ट् बनाएको विषयमा बुझ्ने काम भइरहेको बताए । दसगजामा दुवै देशका तर्फबाट कुनै पनि संरचना बनाउन नपाइने भएकाले तत्काल हटाउनका लागि पहल थाल्ने उनको भनाइ छ । पोस्ट् हटाउनलाई सुरुमा सशस्त्र प्रहरीले एसएसबीसँग समन्वय गर्ने बताउँदै प्रजिअ दाहालले यस विषयमा भारतको अररिया जिल्लाका डिस्ट्रिक मेजिस्ट्रेटसँग पनि गम्भीर ढंगले कुरा राखिने जानकारी दिए । भारतीय समकक्षीसँग कुरा राख्दा पनि समस्याको समाधान नभएमा गृह मन्त्रालयमार्फत कूटनैतिक तवरबाट एसएसबीको पोस्ट् हटाउने विषयमा पहल हुने उनको भनाइ छ ।

Tags: (एसएसबी)ले गरेदसगजामापोस्ट् निर्माणभारतीय सीमा सुरक्षा बल

Related Posts

बालेनको मत वर्षा, झापा–५ मा ओली पराजित
FEATURE

बालेनको मत वर्षा, झापा–५ मा ओली पराजित

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ फाल्गुन २३ गते, १८:३७ बजे प्रकाशित
0

सुनसरी । झापा निर्वाचन क्षेत्र नम्बर ५ को नतिजाले यसपटक नेपाली राजनीतिमा ठुलै ‘कमेडी सीन’ थपिदिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी...

लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक निर्वाचित
FEATURE

लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक निर्वाचित

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ फाल्गुन २३ गते, ८:०७ बजे प्रकाशित
0

चितवन ।  रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक निर्वाचित भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गर्दै...

सुनसरीमा ६४ प्रतिशत मतदान, मतपेटिका संकलनपछि सर्वदलीय बैठक बस्ने

सुनसरीमा ६४ प्रतिशत मतदान, मतपेटिका संकलनपछि सर्वदलीय बैठक बस्ने

२०८२ फाल्गुन २१ गते, २०:४६ बजे प्रकाशित
होटेल बरण्डामा निर्वाचन विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न

होटेल बरण्डामा निर्वाचन विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०८२ फाल्गुन १६ गते, २२:२७ बजे प्रकाशित
छ करोड ६० लाख खर्चेर निजी लगानीमा चन्देश्वर शिव मन्दिर निर्माण

छ करोड ६० लाख खर्चेर निजी लगानीमा चन्देश्वर शिव मन्दिर निर्माण

२०८२ फाल्गुन १६ गते, २२:०६ बजे प्रकाशित
लोकसेवा प्रतिस्पर्धाबाट जन्मिएको हत्या, सब–इन्जिनियर यादव प्रकरणमा नयाँ खुलासा

लोकसेवा प्रतिस्पर्धाबाट जन्मिएको हत्या, सब–इन्जिनियर यादव प्रकरणमा नयाँ खुलासा

२०८२ फाल्गुन १५ गते, १५:३२ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

पर्सामा जन्ती बोकेको कार दुर्घटना, चालकको मृत्यु

पर्सामा जन्ती बोकेको कार दुर्घटना, चालकको मृत्यु

२०८२ फाल्गुन २६ गते, १०:१० बजे प्रकाशित
समानुपातिक मतपरिणाम सार्वजनिक: रास्वपा अगाडि, काँग्रेस दोस्रो

समानुपातिक मतपरिणाम सार्वजनिक: रास्वपा अगाडि, काँग्रेस दोस्रो

२०८२ फाल्गुन २६ गते, ९:५८ बजे प्रकाशित
३० हजारभन्दा बढी मतसहित उदयपुर–१ मा पारसमणि गेलालको जित

३० हजारभन्दा बढी मतसहित उदयपुर–१ मा पारसमणि गेलालको जित

२०८२ फाल्गुन २४ गते, १३:०८ बजे प्रकाशित
सुनसरी–३ मा रास्वपा अशोककुमार चौधरीको जोरदार विजय, गच्छदार–भगवती पछाडि

सुनसरी–३ मा रास्वपा अशोककुमार चौधरीको जोरदार विजय, गच्छदार–भगवती पछाडि

२०८२ फाल्गुन २४ गते, १२:४५ बजे प्रकाशित
ओलीको बलियो क्षेत्रमा बालेनको सनसनीपूर्ण विजय

ओलीको बलियो क्षेत्रमा बालेनको सनसनीपूर्ण विजय

२०८२ फाल्गुन २४ गते, १२:३३ बजे प्रकाशित
बालेनको मत वर्षा, झापा–५ मा ओली पराजित

बालेनको मत वर्षा, झापा–५ मा ओली पराजित

२०८२ फाल्गुन २३ गते, १८:३७ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1395 shares
    Share 558 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    789 shares
    Share 316 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    766 shares
    Share 306 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    723 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist