• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

बढ्दो शहरीकरणसँगै सिमसार क्षेत्रको संरक्षण गर्नुको सट्टा अतिक्रमण

प्रदेश प्वाइन्ट 📝 प्रदेश प्वाइन्ट
२०७७ माघ १७ गते, १९:११ बजे प्रकाशित
in FEATURE, Uncategorized, मुख्य पाना, स्थानीय खबर
बढ्दो शहरीकरणसँगै सिमसार क्षेत्रको संरक्षण गर्नुको सट्टा अतिक्रमण

8'ªuf ;o/df cfsif{0f M hf8f]ofddf jgef]hsf] rxnkxn j9];Fu} emfkfsf] sGsfO{ gu/kflnsfl:yt ;'?ªufsf] ko{6sLo:yn hd'gvf8L l;d;f/ If]qdf 8'ªufdf dgf]/~hg lnFb} ;j{;fwf/0f . tl:a/ M o1/fh cfªb]Da], emfkf, /f;;

82
SHARES
Share on FacebookShare on Twitter

झापा / अधिकांश शहरी क्षेत्रका सिमसार मासिँदै गएका छन् । बढ्दो शहरीकरणसँगै सिमसार क्षेत्रको संरक्षण गर्नुको सट्टा अतिक्रमण हुँदा सिमसार क्षेत्र मासिँदै गएका हुन् । भएका सिमसार क्षेत्रको पनि उचित संरक्षण छैन । बरु बचेका सिमसार क्षेत्रमा फोहर फाल्ने गरिन्छ । यसले गर्दा सिमसार क्षेत्र लगभग मासिने अवस्थामा छन् ।

सिमसार पानी र जमिन मिश्रित दलदल भएको र बाह्रैमास पानी नसुक्ने भूमि हो । यस्तो ठाउँमा दलदल अथवा हिलो सधैँ कायम रहन्छ । अव्यवस्थित शहरीकरण र बस्ती विकासको चपेटामा शहरी क्षेत्रका यस्ता क्षेत्र मासिँदै गएका छन् । व्यक्तिका लागि मात्रै नभएर जीवजन्तु, चराचुरुङ्गी, किरा फट्याङ्ग्रा र वनस्पतिसहितको जैविक विविधताका लागि सिमसार क्षेत्र अति महत्वपूर्ण भए पनि संरक्षण नहुँदा यहाँमा त्यस्ता क्षेत्र मासिनेक्रम बढ्दै गएको छ ।

विर्तामोड नगरपालिकाभित्र रहेका केही त्यस्ता सिमसार क्षेत्र त नामेट नै भएको सरोकारवालाले जनाउँदै आएका छन् । सिमसार क्षेत्रमा समेत प्लटिङ गरेर कङ्क्रिट महल बनाएकाले जोखिम बढेको बताइन्छ । बिर्तामोडसहित शहरउन्मुख जिल्लाका अन्य बजार आसपासमा रहेका सिमसार क्षेत्रको अवस्था पनि उही छ । जिल्लाका ग्रामीण क्षेत्रमा रहेका केही त्यस्ता सिमसार क्षेत्र छन् जो पछिल्लो समय ‘धनसार’मा परिणत भएका छन् ।

सिमसार क्षेत्रको उचित संरक्षण गरेकै कारण कनकाई नगरपालिका वडा नं २ र ३ मा पर्ने जामुनखाडी सिमसार क्षेत्र ‘धनसार’मा परिणत भएको पाउन सकिन्छ भने अर्जुनधारा नगरपालिकामा पर्ने सुखानी शहीद स्मृति पार्क पनि ‘धनसार’को अर्को रुप हो ।

जामुनखाडी सिमसार क्षेत्रलाई विसं २०५२ बाट पर्यटकीय क्षेत्र बनाउने अवधारणा अघि सारिएपछि स्थानीयवासीको सक्रियतामा २०५८ बाट ताल उत्खनन् गर्ने काम सुरु भयो । यसयता त्यस ठाउँको विकास र विस्तार हुँदा सो क्षेत्र ‘धनसार’मा परिणत भएको हो । हरेक वर्ष जामुनखाडी सिमसार क्षेत्रमा दुई लाखभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । यसका कारण यस सिमसार क्षेत्रले वर्षेनी दुई करोडभन्दा बढी आम्दानी गरिरहेको छ ।

दुर्लभ रहेका वन्यजन्तुलाई समेत संरक्षण गरेर राखेका कारण त्यस क्षेत्रमा आउने पर्यटकको अघिल्ला वर्षसम्म घुइँचो नै लाग्यो । यस वर्षको सुरुवातपूर्व नै कोभिड–१९ को बढ्दो सङ्क्रमणका कारण पर्यटकीय क्षेत्र पूर्णरुपमा बन्द भयो । तर कोभिडको जोखिम कम हुँदै गएपछि पुनःसञ्चालनमा आएको सो क्षेत्र अहिले पनि पर्यटकका लागि पहिलो रोजाइ बन्ने गरेको छ । अहिले पनि दिनहुँ सयौँको सङ्ख्यामा यस क्षेत्रमा पर्यटक आउने गरेका छन् । अझ यस समय वनभोजको समय भएकाले जिल्लावासीको पहिलो रोजाइमा पर्ने गरेको छ जामुनखाडी सिमसार क्षेत्र ।

जामुनबारी सामुदायिक वनको हाताभित्र रहेको सो सिमसार क्षेत्रमा चार दशमलव ५० हेक्टर जमिनमा ताल फैलिएको छ । जसका कारण नेपालका मात्र नभएर भारतबाट समेत यहाँको मनोरम दृष्य हेर्न पर्यटक जामुनखाडी सिमसार क्षेत्रमा आउने गरेका छन् ।

पूर्वका सिमसारमध्ये जामुनखाडी सिमसार क्षेत्र प्रदेश नं १ कै नमूना सिमसारका रुपमा परिचित भएसँगै वन समितिलाई दीर्घकालीन आम्दानीको स्रोतसमेत भएको जामुनखाडी सिमसार क्षेत्रका अध्यक्ष ख्याम सिटौला बताउँछन् । उनी भन्छन्, ‘सिमसार क्षेत्रमा रहेको तालमा डुङ्गा चढ्न र संरक्षित वन्यजन्तु हेर्न आउनेबाट उठाउने शुल्कको आम्दानीले सिमसार क्षेत्र आफैँमा समृद्ध बन्दै गएको छ । सिमसार क्षेत्रको संरक्षण गरेबापत जामुनखाडी सामुदायिक वनलाई नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले यसअघि पुरस्कृतसमेत गरेको छ । जैविक विविधताको उत्कृष्ट नमूनाका रुपमा रहेको यस सिमसार क्षेत्रमात्र नभई जिल्लाकै अन्य संरक्षित सिमसार क्षेत्रले पनि मनग्य आम्दानी गरिरहेका छन् ।’

प्रकृतिक स्रोत र सम्पदाको संरक्षण स्थानीयले नै गर्न सक्छन् जनाउँदै २०५२ साल असोज २६ गते तत्कालीन जिल्ला वन कार्यालय झापामा जामुनखाडी सामुदायिक समिति दर्ता भएको थियो । सोही समितिले जामुनखाडीलाई व्यवस्थित सिमसार क्षेत्रका रुपमा विकास गरेर लाने अवधारणा अघि सारेको थियो । सामुदायिक वन समितिको सक्रियतामा यस ठाउँलाई सिमसार क्षेत्र घोषणा गर्दै काम अघि बढाएपछि अहिले जिल्लाको मात्रै नभई प्रदेश नं १ कै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा चिनिँदै गएको छ यो ठाउँ । यहाँ पारिवारिक घुमघामदेखि वनभोज र शैक्षिक भ्रमणसम्मका लागि आउनेको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ ।

बृहत् क्षेत्रफलमा फैलिएको पोखरीमा डुङ्गा शयर गर्ने यहाँ आउने जो कोही आतुर रहन्छन् । केही समय भए पनि आफूमा भएको थकान मेट्न पानीमा त्यर्नेको सङ्ख्या उल्लेख्य पाउन सकिन्छ ।

जामुनखाडी सिमसार क्षेत्रभित्रै पछिल्लो समय मिनी भ्यूटावर निर्माण गरिएको छ । यसबाट जामुनखाडीको सबै भूभागको अवलोकन गर्दै मज्जा लिने गरिन्छ । जामुनबारी सामुदायिक वन क्षेत्रमा सामान्य खाडी थियो समितिका पूर्वअध्यक्ष केदारप्रसाद गिरी भन्छन्, ‘राँगा आहाल बस्ने ठाउँलाई व्यवस्थित गर्दै अहिलेको यो अवस्थामा ल्याइपुर्‍याएको हो । दलदल परेको जमिन, फाट्टफुट्ट बिरुवा र करैटे झार भएको यो ठाउँलाई व्यवस्थित गर्दै लगेकै कारण यस ठाउँको मुहार फेरिएको हो ।’

लोप भइसकेको पोखरीलाई उत्खनन् गर्दै नयाँ संरचनामा ढालेर जामुनखाडी सिमसार क्षेत्र तयार गरिएको समितिका पूर्वअध्यक्ष पर्शुराम गिरी बताउँछन् । उनी भन्छन्, ‘त्यस समयमा हामीले आ होस् भन्दै छाडेको भए यो ठाउँ मासिएर जाने थियो । लोपोन्मुख अवस्थामा पुगेको यो ठाउँको विकासका लागि समितिका पदाधिकारी मात्र होइन सय ठाउँका स्थानीयको पनि ठूलो साथ सहयोग छ ।’

विसं २०५८ देखि २०६१ सालसम्म पोखरीको लगातार उत्खननपछि यो रुपमा जामुनखाडी सिमसार क्षेत्रलाई ढालेको समितिका पूर्वअध्यक्ष गिरीको भनाइ छ । पोखरीको उत्खनन् गर्दा निस्किएको माटो बाँधका रुपमा परिणत गरेपछि यस क्षेत्रको सुन्दरता थपिएको बताइन्छ ।

जामुनखाडी चार सय ३४ दशमलव १९ हेक्टर क्षेत्रफलमा फैलिएको यो सामुदायिक वन जिल्लाकै नमूना सामुदायिक वन हो । पर्या–पर्यटनलाई समेत अङ्गीकार गरिएकै कारण यहाँको सुन्दरता आफैँमा लोभलाग्दो छ ।

चालीस वर्षअघिसम्म विशाल तालका रुपमा रहेको यस ठाउँको संरक्षण नहुँदा मासिँदै गएको स्थानीयको भनाइ छ । अतिक्रमणको चपेटामा परेको यो ठाउँको संरक्षणका लागि कनकाइ नगरपालिकाका बासिन्दाले गरेको पहल अरुका लागि पनि आफैँमा अनुकरणीय छ ।

अहिले यस ठाउँको सिको गर्दै अन्य स्थानीय तहमा पनि सिमसार क्षेत्रको संरक्षण थालिएको छ । मेचीनगरमा रहेको बाँसबारी, अर्जुनधाराको सालबारी, हल्दिबारी गाउँपालिकाको भेलागुडी बाह्रदशी गाउँपालिकाको साधुकुट्टी झिल, गौरादह नगरपालिकाको गौरादह पोखरीलगायत थुप्रै ठाउँका सिमसार क्षेत्रको विकास र विस्तारमा स्थानीय तह जुटेका छन् । स्थानीय तहले आफ्ना ठाउँमा रहेका सिमसार क्षेत्रको पहिचान गर्दै पर्या–पर्यटनका लागि बजेट नै विनियोजन गर्दै सिमसार क्षेत्रको संरक्षणमा तदारुकता देखाउनुले ग्रामीण क्षेत्रका सिमसार धनसारमा परिणत भएर जाने निश्चित छ । रासस

Tags: बढ्दो शहरीकरणसँगै सिमसार क्षेत्रको संरक्षण गर्नुको सट्टा अतिक्रमणसिमसार क्षेत्रको संरक्षण गरेबापत जामुनखाडी सामुदायिक वन

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist