मान बहादुर ठकुल्ला
टीकापुर / कैलालीको टीकापुर नगरपालिका वडा न ७ स्थित उज्यालाे बहुउद्देश्यीय सहकारी संस्थाकाे आयाेजनामा २ दिने बिपद् व्यवस्थापन तालिम आज बाट शुरु भएकाे छ । प्राक्टिकल एक्सन नेपालकाे सहयाेगमा संचालित सुचाङ्कका आधारमा बाढी बिमा कार्यक्रम अन्तरगत समुदाय स्तरिय बिपद् व्यवस्थापन समितिका पदाधिकारी लाई जाेखिम हस्तान्तरण सम्बन्धि तालिम संचालन भएकाे कार्यक्रम संयाेजक हेमन्त राज जाेशीले जानकारी दिएका छन ।आजबाट कैलालीको टिकापुर वडा न ८ फाँटा , राजापुर नगरपालिका काे मुर्गैावा र मधुवन नगरपालिका काे पथ्थरबाेझि समुदायमा तालिम संचालन भई रहेकाे समेत जानकारी दिईएकाे छ । सुचाङ्कका आधारमा बाढी बिमा कार्यक्रम कैलालीको जानकी गाउँपालिका , टीकापुर नगरपालिका र बर्दियाकाे राजापुर नगरपालिका गेरुवा गाउँपालिका र मधुवन नगरपालिकाकाे २५ वटा समुदाय कार्यक्रम संचालन रहेकाे छ ।सबै समुदायमा उक्त तालिम संचालन गरिने समेत कार्यक्रम संयाेजक जाेशीले जानकारी दिए ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post