उदयपुर । उदयपुरको कटारी नगरपालिका–८ बाट करिब १ सय २१ केजी गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिरहा धनगढीमाई नगरपालिका–१० जिरोमाईल बस्ने ४१ वर्षीय सन्तबहादुर मगर रहेका छन्। इलाका प्रहरी कार्यालय कटारी उदयपुरबाट खटिएको प्रहरीले स १ च ८०४ नम्बरको बोलेरो जाँच गर्दा अदुवाको बोराले छोपी लुकाइ राखेको अवस्थामा उक्त गाँजा फेला परेपछि सवारी सवारी धनी सन्तबहादुरलाई प्रहरीले पक्राउ गरेको हो।
सवारी चालक ताप्ली गाउँपालिका–३ बस्ने २१ वर्षीय हेमबहादुर मगर, शम्भु मगर र अर्का एक जना अपरिचित पुरुष हाल फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ।
Discussion about this post