इनरूवा।स्थानीय तहको निर्वाचन २०७९ नजिकिदै जादाँ उम्मेदवारी घाेषणाकाे क्रम बढेको छ ।
उम्मेदवारी घाेषणाकाे क्रम बढे सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ मा सकृय युवा उम्मेदवारहरूकाे खाेजी कार्य समेत सुरू गरेका छन् ।
विभिन्न राजनीतिक दलबाट सकृय युवा उम्मेदवार खाेजी गर्ने काम गाउँघर देखि टाेल सम्म सुरू भइरहेको स्थानीय युवाहरू बताउँछन् ।
यसैबीच भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष पदमा रमेशकुमार यादवलाई उम्मेदबार बताउनुपर्ने स्थानीय युवाहरूले माग गरेका छन् ।
युवा राजनीतिकमा सफल युवा नेता रमेश कुमार यादवलाई भोक्राहा नरसिंह गाउँपालिका ७ को वडा अध्यक्षको उम्मेदबार बताउनुपर्ने माग उठेको छ । विकास र सुशासनका लागि स्थानीय युवा संघका गाउँ कमिटि अध्यक्ष तथा जिल्ला देखी केन्द्रसम्म पकड रहेका यादवलाई गाउँपालिकाको ७ नम्बर वडा अध्यक्षमा उम्मेदवार बनाउनुपर्ने माग उठेको हो । रमेश यादवलाई वडा अध्यक्ष बताउनुपर्ने अधिकाशं युवाको माग रहेको छ । हाल फोरमले जितेको वडा भएकाले त्यहाँ विकासमा पछाडी परेको र युवालाई नेतृत्व दिनुपर्ने भएकाले नेकपा एमाले पार्टीलाई ७ नम्बर वडा अध्यक्षमा युवा नेता रमेश यादवलाई उम्मेदवारी घोषणा गर्न र पार्टीलाई पनि टिकट दिन आबाज उठाएका छन् ।
नेपाल सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने निर्णय गरेसँगै देशभर फेरि चुनावमय भएको छ । झण्डै ४० दिनपछि हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्र र जसपा सहितका मुलधारका राजनीतिक दलहरु मध्ये कस्ले बाजी मार्लान् भन्ने बहस सुरु भइसकेको छ ।
Discussion about this post