इनरुवा । स्थानीय तह निर्वाचन २०७९ नजिक्दै जाँदा सुनसरीको कोशी गाउँपालिका वडा नं.२ मा युवा उम्मेवार ब्रहमदेव यादवले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
समाजवादी विद्यार्थी युनियन प्रदेश नं.१ सदस्य तथा सुनसरी जिल्ला सह सचिव समेत रहेका ब्रहमदेव यादवले आफ्नो नाम कोशी गाउँपालिका वडा नं.२ का वडाध्यक्षमा घोषणा गरिएको हो ।
उनले पछिल्लो समय कोशी गाउँपालिकामा भइरहेको भ्रष्टाचारको विरुद्ध आवाज उठाएका कारण उनलाई वडा नं.२ का स्थानीय मतदाताहरुले उम्मेदवारी दिन भनेपछि आफुले घोषणा गरेको बताए ।
युवा नेता यादवले केही महिना अघिमात्र कोशी गाउँपालिकामा नियमित भइरहेको भ्रष्टाचारको विरुद्ध आवाज उठाउँदा प्रहरी लगाएर उनलाई २४ घण्टा गिरफ्तार समेत गर्न लगाएका थिए ।
यादव कोशी गाउँपालिकामा भइरहेको भ्रष्टाचार, अनियमितता विरुद्ध आवाज उठाएर प्रमाणित गर्ने व्यक्ति मध्ये एक निडर युवा नेता भएकाले उनलाई वडाध्यक्षमा चुनाव लड्नका लागि मतदाताहरुले साथ दिएका छन् ।
युवा नेता ब्रहमदेव यादव , निडर , अन्याय , अत्याचार , गरिबीको लागी बोल्ने , सत्यको पक्षमा बहस गर्ने एक्लो नेता रहेकाले उनलाई कोशी गाउँपालिका वडा नं.२ का मतदाताहरुको मन भित्र बसेको कारण उनले वडाध्यक्ष उम्मेदवारी घोषणा गरेको स्थानिय विकास यादवले बताए ।
Discussion about this post