इनरुवा । आउँदो स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसबाट भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष पदमा टिकट पाउने चर्चा सुरु भएको छ ।
सरकारले आउँदो बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि अहिले उम्मेदवारहरुको नाम चर्चामा आउन थालेपछि भोक्राहा नरसिंहमा समेत मेहताले टिकट पाउने चर्चा सुरु भएको हो ।
नेपाली कांग्रेसबाट भोक्राहा नरसिंह गाउँपालिकाको अध्यक्ष पदमा पुर्व नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर–४ का सचिव राजेन्द्र प्रसाद मेहताको अध्यक्ष पदमा टिकट पाउने चर्चा सुरु भएपछि अहिले प्रचार प्रसारमा उनी व्यस्त भएका छन् ।
नेपाली कांग्रेसबाट भोक्राहा नरसिंह गाउँपालिकामा धेरै जना आकांक्षीहरु रहेपनि मेहताको नाम अग्र स्थानमा रहेपनि टिकट कसले पाउने हो भनेर कुनै सुरसार भएको छैन् ।
मेहता अहिले नेपाली कांग्रेसलाई जिताउने अभियानमा लागि परेका छन् । जनताको घरदैलोमा पुगेर नेपाली कांग्रेसको रुख छापमा मतदान गरी कांग्रेसका उम्मेदवारहरुलाई जिताउनुपर्ने जोड दिदै आएको छ । मेहताले मतदाताहरुसँग भेटघाट र छलफलमा व्यस्त भएका छन् ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मेहता अहिले चुनावी प्रचार प्रसारमा व्यस्त भएका छन् भने कांग्रेसका उम्मेदवारले चुनाव कसरी जित्ने भन्ने रणनीति तय गर्दै अगाडि बढिरहेका छन् ।
नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर–४ का पुर्व सचिव भएर पार्टीको संगठनलाई बलियो बनाएको उनले दाबी गर्दै आउँदो स्थानीय तहको निर्वाचनमा आफु योग्य भएकाले पालिकाको अध्यक्ष पदमा टिकट दिनुपर्नेमा उनले जोड दिएका छन् ।
राजेन्द्र प्रसाद मेहता नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर–४ का पुर्वसचिव हुन् । मेहता नेपाली राजनीतिकमा लामो संघर्षपछि उदय भएका युवा नेता मेहता अहिले भोक्राह नरसिंह गाउँपालिका बाहेक अन्य पालिकामा समेत परिचित छन् ।
नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघको राजनीतिबाट उदय भएका मेहता ग्रामिण क्षेत्रबाट विद्यार्थी जिवनबाट राजनीतिको यात्रालाई निरन्तरता दिदै अगामी बैशाख ३० गते हुने निर्वाचनमा भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष पदका प्रमुख दावेदारका रुपमा रहेका छन् ।
Discussion about this post