संजिता धमला/ धरान ।मोरङको विराटनगरमा केन्द्रीय कार्यालयको रुपमा संचालन भएको नासा इन्भेष्टमेन्ट प्रा.लि.ले कसुर गरेको ठहर गरेकाे छ ।
नेपाल धितो पत्र बोर्डबाट अनुमति नलिई गैरकानूनी ढंगबाट नासाले पोर्टफोलियो व्यवस्थापनसम्बन्धी कार्य गरी कसुर गरेको नेपाल धितो पत्र बोर्डले ठहर गरेको हो ।
नासा इन्भेष्टमेन्ट प्रा.लिले धितोपत्र बोर्डबाट पोर्टफोलियो व्यवस्थापनसम्बन्धी सेवा र धितोपत्र दलाल व्यवसायीको अनुमति हालसम्म नलिएको नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए । गिरीले भने ‘नासाको यस किसिमको गैरकानूनी धन्दाप्रति बोर्डको ध्यानाकर्षण भएको छ । हामीले पटक पटक सूचना पनि निकालेका छौ, तसर्थ यो कसुर मानिन्छ । हामी अनुसन्धान गरिरहेका छौ केही फाइलहरु खोज्ने प्रक्रिया भईरहेको छ। तत्काल कार्वाहीको दायरामा ल्याउँने छाै ।’
कसुर अवधीमा नासाले शाखा विस्तारको काम रोक्नु पर्ने तर, उल्टो तीव्रता
नासाले चैत २५ गते नासा इन्भेष्टमेन्ट शाखा इनरुवा भन्दै उद्घाटन गरेको थियाे । नासाको सेवा केन्द्र देवानगञ्जको पनि चैत २७ गते उद्घाटन गर्ने भन्दै विज्ञापन गरेको छ । धितोपत्र बोर्डले अनुसन्धान गरिरहेको बेलामा नासाले शाखा उद्घाटन रोक्नु पर्नेमा उल्टै शाखा विस्तार गर्दा अन्य ब्रोकरेज इण्डष्ट्रीकै बदनाम गराउने खालका यस्ता गतिविधि तत्काल रोक्नुपर्ने र कारबाही हुनुपर्ने ब्रोकरेज व्यवसायी बताउँछन्।
इनरुवाको कार्यालय उद्घाटन नेप्सेका पूर्व सिइओ चन्द्रसिंह साउदको प्रमुख अतिथिमा भएको थियो । चन्द्रसिंहले भने ब्रोकरेज सेवा र पोर्टफोलियो व्यवस्थापन गर्नु धितोपत्र बोर्डसँग अनुमति लिनुपर्छ । अनुमति नै नलिई सेवा प्रवाह गरे गैरकानूनी हुने छ । नासाले अन्जानमा पहिलो गैर कानुनी काम गरेको रहेछ । त्यसमा मैले आफै पनि चासो देखाएर तत्काल रोक्न लगाए । कार्यक्रममा म आउँदिन भनेको पनि थिए। नासाले गैर कानुनी कामलाई सच्चाँएको भनेको हुनाले म कार्यक्रममा गएको हुँ। कार्यक्रममा आएपनि अझै गैर कानुनी रहेछ भने कारबाहीको लागी म आफै पनि सिफारिस गर्छु ।’
सोझा सिधा जनतालाई लालयित गर्ने उदेश्यले कलाकारहरु गायक रामा मण्डल, नितिन गजुरेल, प्रवलदीप विश्वास, प्रकाश अनुराग र सारेगामा लिटिल च्यम्सका बाल गायक प्रीतम आचार्यको प्रस्तुती राखिएको थियो । कार्यक्रममा उपस्थित भएका संचारकर्मीहरुलाई प्रभावित पार्ने उदेश्यले सम्मान पत्र समेत दिएको थियो ।
यस बिषयमा नासा इन्भेष्टमेन्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत अरविन्द मेहतासँग नासाको गैरकानूनी ठगी धन्दाका विषयमा पत्रकारले कुरा गर्दा संस्थाको सुरुवाती चरणमा भएकाले हामीले शाखा उद्घाटनको कार्यक्रम कलाकार र प्रमुख अतिथिको निधो भएको हुनाले रोक्नु सकेनौ । धितोपत्र बोर्डले अनुमति नलिएको समयमा अनुमती दियो भने मात्र काम गर्ने भन्ने उदेश्य लिएर हामीले जनताहरुलाई शेयरको बारेमा प्रचारप्रसार गरेर हामीले शेयर खरिद बिक्री गर्ने कुराको सहजीकरण गरेका थियो। गल्ती यो भनेर हामीले भर्खर थाहा पायौ अब देखी यस्तो काम हामी प्रचारप्रसार गर्देनौ । शाखा विस्तार हामीले अन्य प्रयोजनका लागी विस्तार गरेका हौँ।
पोर्टफोलियो व्यवस्थापन र ब्रोकरेज सेवा प्रवाह गर्नु धितोपत्र बोर्डको सम्बन्धित ब्रोकरेज संस्थाले २० करोड चुक्ता पुँजी गरी अनुमति लिनुपर्छ तर, नासाले भने हालसम्म पनि अनुमति लिएको छैन । गैरकानूनी ढंगबाट पोर्टफोलियो व्यवस्थापन गरी प्रचारवादी शैलीबाट सेवा प्रवाह गरिरहेको नासा इन्भेष्टमेन्ट प्रा.लिले गर्दा पछिल्लो समय सोझासीधा सर्वसाधारणको रकम उच्च जोखिममा परेको छ ।
नेपाल धितोपत्र बोर्डको सुचना अनुसार ‘धितोपत्र सम्बन्धि ऐनमा २०६३ ले कसैलाई धितोपत्र कारोबारमा प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव पार्नु आफैले वा अरुसँग मिली धितोपत्र किन्नु वा बेच्नु उत्साहीत गराउन बर्जित गरेको र गरेमा धितोपत्र कसुर मानिने छ । ’
धितोपत्र बोर्डले अनुमति लिएका वा नलिएका कुने पनि ब्रोकरेज कम्पनीहरुलाई सेवा प्रवाहका विषयमा विज्ञापनमा रोक लगाइएको छ । धितोपत्र बोर्डको सूचनाको धज्जी उडाउँदै मानिसलाई उत्साहित गर्नका नासाले सामाजिक सञ्जालमार्फत डिम्याट खाता खोल्ने, मेरो सेयर र ब्रोकरकहाँ खोलिने टीएमएसमा सहजीकरण गर्ने, लगानी व्यवस्थाका सम्पूर्ण काम गर्ने, छलफल बहस, गोष्ठी र सम्मेलन गर्ने भन्दै पटक पटक विज्ञापनसमेत गर्दै आइरहेको छ । नासाले नागरिक बिहान डटकममा समेत आउनुहोस् मौकाको फाइदा उठाउनुहोस् भन्दै सेयर ब्रोकर र डिम्याट खाता बनाउनुका साथै सम्पूर्ण काम गर्ने भन्दै विज्ञापन प्रशारण गरेको थियो ।
Discussion about this post