इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं.७ का किसानका छोरा शिवराम यादवलाई भोक्राहा नरसिंह गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिन गाउँवासीले आग्रह गरेका छन् ।
गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, विद्युत्त, खानेपानी र युवा स्वरोजगार सृजना गर्नका लागि योग्य र कर्मठ युवा नेता शिवराम यादवलाई गाउँपालिका अध्यक्ष बनाउँदा उपयुक्त हुने भन्दै नरसिंह खण्डका नेता तथा कार्यक्रर्ताहरुले जनता समाजवादी पार्टीलाई सिफारिस समेत गरेको बुझिएको छ ।
यादव २०६१ सालदेखी लगातार दुई दशक यता राजनीतिमा सकृत रहेकाले उनलाई गाउँपालिका अध्यक्ष बनाउन उपयुक्त रहेको पार्टीको नरसिंह खण्डका नेता तथा कार्यकर्ताहरुको ठहर रहेको छ ।
सिफारिस गर्ने मध्येका एक जसपा वडा कमिटी भोक्राहा नरसिंह ७ का अध्यक्ष रामेशवर यादवका अनुसार शिवराम युवा देखी वृद्ध सम्मको मनको ढुकढुकी समेत रहेको र गाउँमा धेरैलाई सकेको सहयोग गर्नुका साथै कृषि र कृषकका लागि पदमा नहुदैँ काम गरेकाले पदमा ल्याउन आवश्यक रहेको छ ।
शिवरामको राजनीतिक क्षवि र जनतासँगको सम्बन्धले गाउँपालिकामा नेतृत्व पाउँनुपर्ने आफुहरुको माग रहेको यादवको कथन रहेको छ।
यता स्थानीयले उम्मेदवार बन्न आग्रह गरेको र जसपा नरसिंहले उम्मेदवार बनाउन पार्टी पंक्तीलाई सिफारिस नै गरिसकेको व्यक्ति शिवराम यादवले प्रदेशप्वाइन्ट मिडियासँग प्रतिकृया दिदैँ जनताले चाहेकै कारण आफुले पनि उम्मेदवारी दिने घोषणा गरेको बताए ।
यादवले आफु मधेश आन्दोलन हुनुभन्दा अगाडी देखी नै बैद्धिक, सर्कलका व्यक्तिहरुसँग नजिक भएर काम गरेको र मधेश आन्दोलनपछि मधेश मुक्तीको आन्दोलनमा प्रत्यक्ष लागेर पहिचान अधिकार र सहभागीता सुनिश्चित गर्न पहल कदमी लिएकोले आफु उम्मेदवार हुन आवश्यक रहेको बताए ।
यादवले जनताको जनभावनाको कदर गर्दै पार्टीसँग उम्मेदवार बन्न टिकटका लागि समेत लबिंग गर्ने बताएका छन् ।
को हुन तँ शिवराम यादव ?
ग्रामिण परिवेश तत्कालीन नरसिंह गाविस वडा नं.३ का बुवा हरिलाल यादव र आमा देवसुनर देवी यादवको कोखबाट दोश्रो सुपुत्रको रुपमा जन्मेका शिवराम यादव शालिन स्वभावका राजनीतिज्ञ व्यक्ति हुन् ।
स्नातक तह सम्मको अध्ययन गरेका यादव आफ्नै पहलमा विद्यालय संचालन गरेर शैक्षिक ज्योति फैलाउदैँ आएका उदाहरणीय व्यक्ति हुन् । यादव गाउँबाटै शिक्षा दिक्षा पाएर पेशा , रोजगार भन्दा राजनीतिलाई सेवाको रुपमा लिदैँ तत्कालीन मधेशी जनअधिकार फोरम नेपालको नरसिंह गाउँ समिति अध्यक्ष हुदैँ केन्द्रीय सदस्य सम्म बनेका थिए ।
यादव राजनीतिकमा २०६८ सालमा तत्कालीन कृषि मन्त्री हरिनारायण यादवको ४ महिने स्वकीय सचिव हुँदा कृषि र कृषकका लागि उदाहरीय काम र योगदान गरेका व्यक्ति हुन् ।
Discussion about this post