इनरुवा । चुनावी सरगर्मी बढ्दै जाँदा उम्मेदवारहरुको आकांक्षा र दाबेदारी एकपछि अर्कोको बढ्दै गएको देखिएको छ ।
सुनसरीमा १२ वटै पालिकाको प्रमुख पदमा धेरैले आफ्नो आकांक्षा र दाबेदारी प्रस्तुत गरी रह्दाँ धेरै ठाउँमा पुरुष उम्मेदवारको चर्चा बढी भएको देखिन्छ । तर जिल्लाको ग्रामिण परिवेश अनि सीमावर्ती क्षेत्र समेत रहेको भोक्राहा नरसिंह गाउँपालिकामा महिला नेतृत्वको आवश्यता रहेको मतदाताहरुले महसुस गरेका छन् ।
गाउँपालिकामा केही वडाध्यक्ष र गाउँपालिका अध्यक्ष समेत पदमा रहेर महिला मैत्री काम नगरी उल्टै महिला हिंसाको घटनामा मुछिएकाले विवादित पूरुषहरु भन्दा असल छवीका महिलालाई नेतृत्व दिनुपर्ने मतदाताले आवाज उठाएका छन् ।
करिव दुई हप्तापछि निर्वाचनको मनोनयन दार्ता हुने मिति नजिक्दै जाँदा स्थानीय मतदाताहरुले आफ्नो क्षेत्रमा असल योग्य र इमान्दार अनि भष्टाचारमा लिप्त नभएका उम्मेदवारको आवश्यकता रहेको दाबी गरी रहेका छन् ।
यसै मध्येका एक भोक्राहा नरसिंह गाउँपालिकामा स्थानीयहरुले महिला नेतृ तथा वर्तमान उपाध्यक्ष पुनम कुमारी मेहतालाई जसपा नेपाल बाट अध्यक्ष बनाउनुपर्ने माग उठाएका छन् ।
तत्काालिन समाजवादी फोरम नेपालबाट स्थानीय तह निर्वाचन २०७४ मा उपाध्यक्ष पदमा भारी मतले चुनाव जितेकी पुनम कुमारी मेहतालाई यस पटकको स्थानीय तह निर्वाचनमा अध्यक्ष पदमा चुनाव उम्मेदबार हुन् मतदाताहरुले समेत दबाद दिएका परिवारिक स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार मेहताले कम उमेरमा राजनीति प्रवेश गरी पहिलो कार्यकाल सकुशल र सफल रुपमा पदिय जिम्मेवारी निर्वाह गरेकाले यसपालिको चुनावमा अध्यक्ष बनाउन उपयुक्त हुनेछ ।
Discussion about this post